गरिबीका कारण मजदुरीमा इस्माका बालबालिका (फोटोफिचर)

गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् । उनले गरिबीका कारण आठ जना बालबच्चासहित ज्याला मजदुरीमा लाग्न बाध्य भएको गुनासो गरेकी हुन् । उनका अनुसार ४५ वर्षीय पति काले कुमाल र १७ वर्षीय छोरा चन्द्रबहादुरको दैनिकी नै ज्याला मजदुरीमा…

April 4, 2017  
कुटपिट घटनाका आरोपित गिरफतार

इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरेर चैत १९ गते बेलुकी खुर्पाले टाउकोमा प्रहार गरी कुटपिटसमेत गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला…

April 3, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका-१ की २८ वर्षीया रीना चाईको उजुरीका आधारमा प्रहरीले बहुविवाह घटनाका आरोपित ३५ वर्षीय रमेश चाई र सोही ठाउँकी २६ वर्षीया सरीता कठरिया थारुलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितद्वयविरुद्ध चैत २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा आरोपितद्धयलाई…

April 3, 2017  
द्वन्द्वपीडितको उपचार सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति तथा स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितहरूको उपचारलाई सरल र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । इएलपी कार्यक्रम अन्तर्गत इन्सेकले चैत २० गते घोराहीमा सेवाप्रदायक निकाय र सेवाग्राहीबिच आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्ती उपक्षेत्रीय अस्पतालका अध्यक्ष शङ्करसिंह थापा र स्थानीय शान्ति समिति दाङका संयोजक…

April 2, 2017  
अक्षर चिन्न 'आमा'हरू निरन्तर कक्षा धाउँदै !

धुर्कोट गाउँपालिका-६ की ६० वर्षीया बाटुला परियारलाई पहिले वा अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । 'गाउँमा पहिले बाआमालाई पनि पढाउन भन्दा खुवाउन समस्या थियो ।'-उनले भनिन्-'मैले पनि बल्लतल्ल छोराछोरी पढाएकी छु ।' सानोमा गरिबीकै कारण पढ्ने इच्छा पुरा नभएपनि बुढेसकालमा 'स्कूल' जाने गरेको उनले बताइन् ।…

April 2, 2017  
भाउजु हत्याका आरोपित हतियारसहित गिरफ्तार

घोराही उमनपा-१७ की २८ वर्षीया पूर्णा थापालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय देवर विक्रम थापालाई चैत १८ गते हतियारसहित गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको विशेष टोलीले लुकीछिपी बसेको अवस्थामा ओखराबाट एकथान स्वचालित पेस्तोल र त्यसको चार खोका गोलीसहित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा…

March 31, 2017  
निर्वाचन सुरक्षा तयारीका बारेमा छलफल

स्थानीय तहको निर्वाचनको तयारीका विषयमा इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समितिको टोलीले जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा राजनीतिकदलसँग संयुक्त रूपमा छलफल गरेको छ । निर्वाचनको समय नजिकिँदै आइरहेको बेला निर्वाचन कार्यालयको तयारी, सुरक्षाको विषय तथा राजनीतिक दलहरूको तयारीका बारेमा छलफल गरिएको मानव अधिकार निगरानी समितिकी…

March 31, 2017  
सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

विद्यालयहरूमा प्रविधिको दुरूपयोग भएकोमा विद्यार्थी, अभिभावक र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जको आयोजनामा चैत १८ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच गरिएको अन्तरक्रियामा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 'प्रविधिको विकाससँगै विद्यार्थीहरूलाई पठनपाठनमा सघाउ पुर्‍याउन र कार्यालयको काम…

March 31, 2017  
सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । फागुन मसान्त सम्ममा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझैसम्म पनि नपाएको उनीहरूले गुनासो गरेका हुन् । प्रत्येक चौमासिकमा वितरण गर्दै आएको भत्ता पछिल्लो दोस्रो चौमासिकमा वितरण भएको छैन । 'सधैँ यो समयमा त सचिवले बोलाउँथे ।'-दोहलीका ७५ वर्षीय इन्द्रबहादुर…

March 30, 2017  
सेवाग्राहीको गुनासो सुन्दै सेवालाई प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता

गुलरियामा आयोजित एक कार्यक्रममा सरकारी सेवा प्रदायक निकायले आफ्ना कार्यालयमा सेवाग्राहीको गुनासो सुन्दै सेवालाई थप प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता गरेका छन् । इन्सेकले सञ्चालन गरेको 'स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अर्न्तगत चैत १७ गते भएको 'सेवा प्रदायक र सेवाग्राहीबिचको जिल्ला स्तरीय अन्तरक्रियामा जिल्ला शिक्षा कार्यालय, जिल्ला…

March 30, 2017