बहुविवाह घटनाका आरोपित गिरफ्तार
खोलागाउँ गाविस-६ की ३३ वर्षीया सुशीला बोहोराले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा ३५ वरषीय पति कृपालाल बोहरा र सोही ठाउँकी २८ वर्षीया कविता पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिला सुशीलाका अनुसार आरोपितद्वयले गत असोज २० गते विवाह गरेको आरोपमा कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी…
अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ । कारागार अनुगमनको क्रममा कारागारभित्र क्षमता भन्दा धेरै कैदीबन्दीहरू राखेका कारण सरसफाई पर्याप्त हुन नसकेको, मानसिक असन्तुलन भएका कैदीबन्दी र सामान्य अवस्थाका कैदीबन्दी एकै ठाउँमा राख्दा समस्या भएको कारागारका निमित्त…
डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न उच्च अदालतद्वारा अन्तरिम आदेश
बाँके र बर्दियामा देखा परेको डेंगु र स्क्रब टाइफस रोगलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई उच्च अदातल नेपालगञ्जले कात्तिक २५ गते अन्तरिम आदेश दिएको छ । उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास)का न्यायाधीशद्वय डाक्टर कुलरत्न भुर्तेल र वीरबहादुर डाँगीको इजलासले उक्त आदेश दिएको हो । डेंगु र स्क्रब टाइफस फैलिन सक्ने…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले दुली गाविस-३ का ३० वर्षीय गमबहादुर पुन र सोही ठाउँकी १८ वर्षीया पुष्पा पुनलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । गमबहादुरकी जेठी पत्नी नन्दकला पुनले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको दुवै जना आरोपितलाई घरैबाट गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय…
यौन दुर्व्यवहार घटनामा दोषी ठहर बालकको सजाय स्थगित
सात वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका दोषी ठहर गरिएका १३ वर्षीय बालकलाई जिल्ला अदालत दाङले अभियोगमा दोषी ठहर गर्दै फैसला गरेको एक महिना कैद सजाय स्थगित गरेको जनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक २४ गते बालकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेपनि आरोपित नाबालक भएकोले…
बन्द रिडी बजार खुलाउने क्रममा स्थानीय र प्रहरीबिच झडप, दुई जना घाइते
गुल्मीको रिडी क्षेत्रमा रहेको पूर्ववत ५ नम्बर इलाकालाई विभाजन गर्न नहुने र उक्त इलाकालाई एउटै गाउँपालकिा बनाउन तथा त्यसको केन्द्र रिडीमै राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबिच कात्तिक २४ गते भएको झडपमा परी एक जना स्थानीय र एक जना प्रहरी इन्स्पेक्टर घाइते भएका छन् । झडपमा रिडी…
सिकलसेल एनिमिया जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा
पश्चिम नेपालको थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । नेपालगञ्जमा रहेको २९ लाख रुपियाँको मेशिन प्रयोग नभएपछि सिकलसेल एनिमिया जाँच्न आउने बिरामीहरू रोग छ छैन भन्ने एकीन गर्न महङ्गो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको बिरामीहरू बताउँछन् । नेपाल सरकारले सिकलसेललाई…
रोग पहिचान गर्ने प्रविधि नहुँदा डेंगुका बिरामी समस्यामा
जिल्ला अस्पताल बर्दियामा डेंगु रोग पहिचान गर्ने प्रविधि नहुँदा बिरामीहरू उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । बर्दियामा डेंगुका बिरामी थपिँदै गए पनि उपचार प्रविधि नहुँदा समस्या भएपछि उपचारका लागि बिरामी काठमाडौँ, नेपालगञ्ज र भारतका विभिन्न अस्पतातलमा जान बाध्य भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग नियन्त्रण…
भजन मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न सार्वजनिक अनुरोध
भजन मानव अधिकार पुरस्कारका लागि मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएको व्यक्तिको नाम सिफारिस गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले सार्वजनिक अनुरोध गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा कात्तिक २३ गते आयोजित मानव अधिकार सञ्जाल नेपालगञ्जको बैठकमा भजन मानव अधिकार…
कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको परिवारलाई कात्तिक २२ गते इन्सेकले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले दुखुवा थारूको मृत्यु भएको १०औँ दिन आज घरमै पुगेर थारुका छोराहरूलाई नगद सहयोग प्रदान गरेका हुन्…