आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या
कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी मनोसामाजिक अपाङ्गताका कारण अस्वस्थ भएपछि न उपचार हुन सकेको छ न राम्रोसँग खान बस्न पाएका छन् । गाउँको छेउमा एक्लो घर भएका पुन पहिलेदेखि मानसिक रूपमा अस्वस्थ हुनुको साथै उनका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २८ गते बर्दघाट सुस्त पुर्व स्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते चितवनको…
स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सक संवेदनशील हुनुपर्नेमा जोड
स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरू संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असार २७ गते नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता रुकमेडा पोख्रेलले बलात्कार तथा अन्य घटनाका पीडितको न्यायका लागि स्वास्थ्य…
आमालाई निर्घात कुटपिट गरेको आरोपमा छोरा गिरफ्तार
लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर पुनलाई असार २६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी आएका यमबहादुरले बृद्धा तुलसीलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गर्दा आँखा, मुख, टाउको, घाँटी, शरीरका विभिन्न अङ्गमा गम्भीर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१५ का २२ वर्षीय श्यामबहादुर पुलामी मगरलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २४ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपित पुलामीलाई…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले घोराही उमनपा-२ का ३५ वर्षीय बसन्त चौधरीलाई पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले असार २४ गते चौधरीलाई दोषी ठहर गर्दै पाँच वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको हो । पीडित…
सरूमारानी गाउँपालिकाद्वारा २२ ओटा ऐन, नियमावली र कार्यविधि पारित
सरूमारानी गाउँपालिकाले २२ वटा ऐन, नियमावली र कार्यविधि पारित छ । तेस्रो गाउँ सभामा पेश भई दफावार छलफलपछि ऐन, नियमावली तथा कार्याविधि पारित गरिएको गाउँपालिकाका अध्यक्ष झकबहादुर विकले बताए । गाउँसभा असार २० गते सुरू गरेर विभिन्न विषयगत समितिको बैठक, गाउँसभामा पेश गरिएका विभिन्न प्रस्तावमाथि छलफल गर्दै असार २४ गते…
पत्नीको शरीरमा मटितेल खन्याएर आगो लगाइ हत्या, आरोपित गिरफ्तार
वाणगङ्गा नपा–४ झुगाकी ३१ वर्षीया जोगकुमारी मगरलाई असार २२ गते रातिको समयमा शरीरमा मटितेल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर मगरलाई असार २३ गते गिरफ्तार गरेको छ । आगोले डढेर घाइते भएकी जोगकुमारीलाई प्रहरी चौकी जहदीबाट आएको असई ठाकुरप्रसाद अधिकारीको टोलीले राति नै सामुदायिक अस्पतालमा…
अर्खबाङ्गमा ३ वटा सकेट बम र एउटा बन्दुक फेला
मालिका गाउँपालिका–४ अर्खबाङ्गमा असार २३ गते तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको छ । अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए । खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा ‘कम्ब्याक्ट कपडा’ले बेरेको अवस्थामा तीन थान सकेट…
आगो लगाएर हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी
कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय हजुरआमा हरिकला माया ठकुरी, फुपूहरू ४० वर्षीय मधु ठकुरी र अमृता ठकुरीविरूद्ध मृतककी आमा माया थापाले असार २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् । मृतक बालिकालाई आरोपितहरूले…