कमैया मुक्तिका १८ वर्षः छुट लगत लिन माग

दाङका मुक्त कमैयाहरूले छुट लगत तत्काल लिन सरकारसँग माग गरेका छन् । १९ औँ मुक्ति दिवसका अवसरमा लमहीमा ¥याली तथा सभाको आयोजना गरी उनीहरूले मुक्त कमैयाहरूको समस्या समाधानका लागि सबैभन्दा पहिले छुट लगत लिनुपर्ने बताए । दाङमा १ हजार ४ सय २६ जनाले सरकारी परिचयपत्र पाएका छन् । जिल्ला भूमिसुधार…

२०७५ श्रावण ३, बिहीबार २२:०८ गते  
वडाध्यक्षलाई हातपात गरेको आरोपमा दुईजना गिरफ्तार

बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई असार २ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर नाथ र ५३ वर्षीय लालबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले जानकारी दिए । आरोपित दुवै…

२०७५ श्रावण ३, बिहीबार २२:०० गते  
मुक्त कमैयाहरूको कागजी रूपमा मात्र पुन:स्थापना भएको गुनासो

कमैया मुक्त भएको दिन साउन २ गतेलाई उत्सवका रूपमा १९ औँ मुक्त कमैया दिवसको रूपमा मनाइरहँदा उनीहरूले मुक्त कमैयाको कागजी रूपमा मात्र पुनःस्थापना भएको गुनासो गरेका छन् । मुक्त भएका कमैयाले आफूहरूको आधारभुत आवश्यकताको धरातलमा उभिएर सरकारले पुनःस्थापना गर्न चासो नदिएकोमा आक्रोश पनि व्यक्त गरेका छन् । गुलरियामा साउन २…

२०७५ श्रावण ३, बिहीबार २१:४१ गते  
मानव अधिकारकर्मीको ध्यानार्कषणपछि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन

बुद्धभूमि नपा–३ दुवियामा धनबहादुर पुन र दुई छोराछोरी मनोसामाजिक अपाङ्गता भएको बारे अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मदनबहादुर भुजेलले स्थलगत अध्ययन गरी पीडितहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रजिअ भुजेलले साउन २ गते पुन र उनका २२ वर्षीया छोरी रमा र १५ वर्षीय छोरा विजयलाई भेटेका हुन् ।…

२०७५ श्रावण २, बुधबार २१:०९ गते  
भारतको लखनऊबाट उद्धार गरिएकी बालिका परिवारमा पुनर्मिलन

एक महिनाअघि भारतको लखनऊ पुर्‍याइएकी १२ वर्षीया बालिकाको उद्धार गरी साउन २ गते परिवारमा पुनर्मिलन गराइएको छ । शान्ति पुनर्स्थापना गृह, कृष्णनगर र शिवराज नगरपालिकाको संयुक्त टोलीले बालिकालाई लखनऊबाट नेपाल फिर्ता गराई परिवारलाई जिम्मा लगाएको हो । बालिकालाई लखनऊस्थित एक स्थानीयको घरमा घरायसी काममा लगाइएको र त्यहाँ उनलाई कुटपिट र…

२०७५ श्रावण २, बुधबार ०९:४१ गते  
एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव सेवाग्राही मर्कामा

चौरजहारी नपा–७ कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा सिटामोल बाहेकका औषधिको अभाव भएको हेल्थ असिस्टेन्ट रामबहादुर सुनारले जानकारी दिए । औषधि अभाव भएपछि उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले अन्य औषधि लिनुपर्ने भएमा मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य…

२०७५ श्रावण १, मंगलवार २०:२१ गते  
सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने सरोकारवालाको जोड

आम नागरिकको पहुँचमा न्याय पुर्‍याउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । आम जनमानसमा न्याय आधारभूत आवश्यकता हो भन्ने विषयमा बुझाउन जरूरी रहेको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जकी न्यायाधीश सारङ्गा सुवेदीले जोड दिइन् । अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, उच्च अदालत बार एशोसिएशन नेपालगञ्ज…

२०७५ श्रावण १, मंगलवार १६:२५ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उमनपा-१७ की ३४ वर्षीया सरिता चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीय पति ऋषि चौधरीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी आएका चौधरीले असार ३० गते साँझ लाठीले कुटपिट गर्दा घटनास्थलमै सरिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले बताइन् ।…

२०७५ श्रावण १, मंगलवार ०९:३४ गते  
शिशुको हत्या आरोपित आमालाई पाँच वर्षकैद फैसला

गर्भपतन गरी शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालत अर्घाखाँचीले मालारानी गाउँपालिका-६ की ३६ वर्षीया विष्णु आचार्यलाई पाँच वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले असार ३१ गते प्रमाण र बयानको आधारमा आरोपितलाई पाँच वर्षकैद हुने गरी फैसला र गर्भपतन गराउन सहयोग गरेको भनी तारेख खेपिरहेका लखन यादवलाई…

२०७५ असार ३२, सोमबार १६:५९ गते  
प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन, सेवाग्राही मर्कामा

दुई जना चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन हुँदा यस क्षेत्रका विरामी मर्कामा परेका छन् । तीन महिना अघिसम्म करार र ओजेटी गरी चार जना डक्टरले सेवा दिइरहेको दक्षिण रोल्पाको एक मात्र ठूलो स्वास्थ्य संस्था एकाएक चिकित्सकविहीन हुँदा बिरामीहरू जिल्ला बाहिर जान बाध्य भएका छन् ।…

२०७५ असार ३२, सोमबार १०:३७ गते