वाइसीएलका कार्यकर्ताद्वारा वडाध्यक्षलाई ज्यान मार्ने धम्की
रुकुम पश्चिमको चौरजहारी नपा-१३ का वडाध्यक्ष ४२ वर्षीय टङ्कप्रसाद ओलीलाई वाइसीएलका चौरजहारी नगर कमिटीका अध्यक्ष ३३ वर्षीय रामकुमार विष्टले वैशाख ३० गते आक्रमणको प्रयास गर्दै ज्यान मार्ने धम्की दिएको पीडित वडाअध्यक्षले आरोप लगाएका छन् । वडाको बजेटमा खरिद गरिएको तारजाली आफू अनुकूलको व्यक्तिलाई वितरण गर्न नपाएपछि वैशाख ३० गते कार्यालयमा…
अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी
खजुरा गाउँपालिकास्थित मनकामना चोक र बैजनाथ गाउँपालिका जि गाउँमा रहेको एनसेलको टावरमा वैशाख २९ गते राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटर पूर्ण रूपमा क्षति भएका छन् । अज्ञात समूहले आगजनी गरेपछि तत्काल…
बन्द अवज्ञा गरेको आरोपमा गाडी तोडफोड
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को स्कर्पियो जिप वैशाख ३० गते बिहान करिब ५ बजेको समयमा कपिलवस्तुको शिवराज नपास्थित धानखोलामा अज्ञात समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन । मुखमा कालो…
राहत पाउन नसकेको द्वन्द्व पीडित परिवारको गुनासो
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट १५ वर्षअघि हत्या गरिएका नौवहिनी गाउँपालिका-६ का झविलाल रिजाल, उनका भाइ (काकाको छोरा) बुद्धिप्रकाश रिजाल र मधु रिजालका घर परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन् । झविलाल रिजालका २६ वर्षीय छोरा सुशील रिजालले उक्त गुनासो गरेका हुन् । उनले भने-'बावालाई तत्कालीन माओवादीले काका मधु…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ पकडीका २५ वर्षीय जयकुमार मल्लाहलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मल्लाहले पत्नी हुँदाहुँदै भारतको नौतुनहवा मिश्रबलिया ग्रामकी १७ वर्षीया बालिकालाई वैशाख २३ गते भगाएर फरार रहेको र वैशाख २८ गते साँझ गाउँमा आएको भनी आरोपितकी पत्नी २२ वर्षीय पुनमकुमारी…
मुसीकोट नगरपालिकाले बनायो १७ वटा कानुन
न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायतका १७ वटा कानुन पारित गरी मुसीकोट नगरपालिकाले काम सुरु गरेको जनाएको छ । नगरपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैँले कानुन बनाएर काम सुरू गरेको नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिइन् । नगरपालिकाले काम…
समयमा काम सम्पन्न नहुँदा गन्धर्वहरूको बिचल्ली
दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका-१ घोडागाउँका गन्धर्व परिवारहरू अहिले पनि बिचल्लीमा नै छन् । अति विपन्न गन्धर्व परिवारका लागि जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि भएका सानातिना छाप्रो पनि भत्काएका गन्धर्व परिवारहरू बस्ने बास नभएर अहिले थप…
इन्सेकको पहलमा विपन्न समुदायका विद्याथीलाई अङ्ग्रेजी माध्यमका पुस्तक र झोला वितरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा तानसेन नगरपालिका-६ कुनसरेको कुनसरे आधारभुत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १८ जना विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका पुस्तक र झोला वितरण गरिएको छ । पाल्पाली सेवा समाज दोहा कतारले उक्त सहयोग उपलब्ध गराएको हो । विद्यालयले कक्षा १ देखि ५ सम्म अहिले अङ्ग्रेजी माध्यमबाट पढाई सुरू…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली कलौरी गाउँपालिका-६ स्थायी घरभई तिलोत्तमा नगरपालिका-३ एघारविगाह बस्ने ४० वर्षीया किशोर चौधरीलाई वैशाख २५ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले काम लगाइदिने भनी प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको भनी पीडित महिलाले वैशाख २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी…
मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको दिल्ली लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाका भैरहवाबाट वैशाख २५ गते दिउँसो उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बर्दिया जिल्ला राजापुर नगरपालिका-४ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१६ कपन बस्ने ३४ वर्षीय खगेन्द्रप्रसाद पाण्डेलाई गिरफ्तार गरेको…