शान्ति सम्झैता कार्यान्वयनका लागी गठित शान्ति समितिका १० वर्षको समीक्षा
शान्ति सम्झैतालाई कार्यान्वय तथा स्थानीय स्तरमा हुने द्वन्द्वलाई कमगर्न ०६४ सालमा स्थापना गरिएको शान्ति समितिले १० वर्षमा गरेका कार्यको शान्तिकोष सचिवालय अनुगमन तथा स्वतन्त्र मुल्याङ्कनकर्ताले प्रभावकारिताबारे मुल्याङ्कन सुरू गरेका छन् । शान्तिकोष सचिवालय मार्फत गरिएका पुननिमार्णका कार्य तथा सेना संयोजन र द्वन्द्वमा भएको प्रहरी कार्यालयहरूको पुनर्निर्माण, द्वन्द्व पीडितका लागी वितरण…
अदालतले आदेश दिएको एक वर्षपछि नागरिकता !
नेपालगञ्ज उमनपा-८ की दिपिका सोनीले अदालतले आदेश दिएको एक वर्षपछि वैशाख ४ गते आमाको नामबाट नागरिकता प्रमाण पत्र प्राप्त गरेकी छन् । सोनीले ०७३ असार ७ गते नगरपालिकाको सिफारिस सहित नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । बुवाको मृत्यु भइसकेकाले आमाको नामबाट नागरिकता लिन…
कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
बुद्धभूमि नपा-९ तीन घेरवाकी ४४ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै सोही ठाउँकी ४५ वर्षीया लोहरी थारुलाई प्रहरीले चैत ३० गते गिरफ्तार गरेको छ । पीडितले इलाका प्रहरी कार्यालय गोरुसिहेंमा चैत २९ गते उजुरी दिएकी थिइन् । लोहरी थारुका छोरा छोरीहरूलाई झाडा पखाला लागि बिरामी भएकोमा…
अधिकारको प्रत्याभूति नभएको अपाङ्गता व्यक्तिको गुनासो
रुकुम पश्चिमका अपाङ्गता भएका व्यक्तिले आफूहरूलाई अधिकारको प्रत्याभूति नभएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिले आफूहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवाबाट वञ्चित हुनुपरेको अपाङ्गता संरक्षण मञ्चका अध्यक्ष भिमबहादुर डाँगीले गुनासो गरेका हुन् । अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको, स्थानीय तहबाट लक्षित बजेट विनियोजनमा कन्जुस्याई…
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उमनपा-११ देबीनगरका ३० वर्षीय पूर्णबहादुर छन्त्याललाई चैत २७ गते जिल्ला अदालत रूपन्देहीले बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिबापत जरिबानाको फैसला गरेको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले यस्तो फैसला गरेको हो । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका-६ का ५१ वर्षीय तिलबहादुर महरालाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २७ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २७…
जिल्लास्तरीय बहस सम्वाद कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा जिल्ला स्तरीय बहस सम्वाद कार्यक्रम चैत २६ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा सेवाप्रदायकका तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यालय पाल्पाका प्रमुख रामप्रसाद पाण्डे, कृषि विज्ञ बेदप्रसाद पौडेल, पशु सेवा कार्यालय पाल्पाका प्रमुख डा. प्रदिप शर्मा पौडेल, बगनासकाली गाउँपालिकाका कृषि शाखा…
बलात्कार घटनाका आरोपितले हिरासतमै गरे आत्महत्या
सरावल गाउँपालिका-३ का ५५ वर्षीय कानर चौधरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा थिए । चैत २७ गते बिहान हिरासत कक्षको ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ६ वर्षीया बालिकालाई गत माघ १३ गते बलात्कार गरेको आरोपमा स्थानीयबासीले माघ १४ गते कुटपिट गरी माराणासन्न अवस्थामा पुर्याएकोमा…
जिल्ला अस्पतालमा एक महिनादेखि औषधिको अभाव विपन्न वर्गका बिरामी प्रभावित
जिल्ला अस्पताल सल्लेमा एक महिनादेखि औषधिको अभाव भएपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई उपचारमा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले औषधि नपठाउँदा र स्थानीय तहले औषधि खरिद नगर्दा औषधि अभाव भएको हो । जिल्ला अस्पतालका प्रमुख डक्टर सविन पोखरेलका अनुसार अस्पतालमा करिब एक महिनादेखि सिप्रो, ब्रुफिन…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा मालारानी गाउँपालिका-९ का २८ वर्षीय लोकेन्द्र भुसालविरूद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले चैत १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १९ गते प्रहरीमा उजुरी दिएको थियो । आरोपितलाई चैत २२ गते नै गिरफ्तार गरी…