बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० का २३ वर्षीय दिपेश पाण्डेलाई भदौ २ गते गिरफ्तार गरेको छ । काम छ भनी होटलमा बोलाएर साउन ३० गते बलात्कार गरी भागेको पीडितले आरोप लगाएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लमही अस्पतालमा साउन ३१ गते गरिएको छ । पीडित…

२०७५ भाद्र २, शनिबार २०:३८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामपुर आधारभुत विद्यालय रामपुर पाल्पाका प्रधानाध्यापक यमबहादुर क्षेत्रीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । साउन ३१ गते कक्षा कोठामा पढाउने क्रममा यौन दुर्व्यवहार गरेको तथा यसअघि पनि पटकपटक ती बालिकालाई दुव्र्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ । घटनापछि पीडित पक्षले…

२०७५ भाद्र १, शुक्रबार १९:५१ गते  
राज्यले अपाङ्गता भएका र ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न नसकेको गुनासो

राज्यले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका अधिकारहरू सुनिश्चित गर्न नसकेकोे अपाङ्गता भएका व्याक्ति र ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यका नीति नियमहरू सम्बन्धित निकायले कार्यान्वयन गर्न नसक्दा अपाङ्गता भएका व्याक्ति र ज्येष्ठ नागरिकले अहिले पनि सास्ती व्यहोर्नु परेको ज्येष्ठ नागरिक समाजका अध्यक्ष बुद्धिबहादुर रायमाझीले गुनासो गरे । विशेष…

२०७५ भाद्र १, शुक्रबार १९:३५ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा २० हजार रुपियाँ जरिबाना

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साउन ३० गते १५ वर्षीय बालकलाई २० हजार रुपिँया जरिबानाको फैसला गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ फागुन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी गरेको थियो । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले उक्त फैसला…

२०७५ श्रावण ३१, बिहीबार १६:१४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१३ का २१ वर्षीय भक्तबहादुर माझीलाई साउन ३० गते गिरफ्तार गरेको छ । मानसिक स्वास्थ्यबाट पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार प्रयास गरेको स्थानीइले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

२०७५ श्रावण ३०, बुधबार २०:२१ गते  
निगरानी समूहको नेतृत्वपछि विकास निर्माणले सार्थकता पायो

मानव अधिकार निगरानी समूहको पहल र नेतृत्वपछि यहाँको विकास निर्माण प्रक्रियाले सार्थकता पाएको छ । इन्सेकद्वारा इएलपी कार्यक्रम सञ्चालित बगनासकाली गाउँपालिको वडा नं. ७ खानीगाउँ र वडा नं. ९ चापपानीको चिलाङदी राम्दी सडकको ओटासिल कार्यमा मानव अधिकार निगरानी समूहले नेतृत्व गरेको थियो । विश्व बैङ्कको ७ करोड ५१ लाख रूपियाँ…

२०७५ श्रावण ३०, बुधबार १०:२२ गते  
कथित बोक्सीको आरोपमा यातना, आरोपित दुई जना गिरफ्तार

निस्दी गाउँपालिका–४ मित्यालमा स्थानीय ६० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर यातना दिएको आरोपमा प्रहरीले साउन २८ गते दुई जनालाई गिरफ्तार गरेको छ । पूर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका–३ धारादीकी १६ वर्षीया बालिका र पूर्वी नवलपरासीकी मध्यविन्दु नगरपालिका–१४ सारुडाँडाकी १८ वर्षीया गिता काम्मुलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले…

२०७५ श्रावण २८, सोमबार १२:२२ गते  
बलात्कारका घटनामा दोब्वर वृद्धि

देशव्यापी रूपमा बलात्कार घटनाहरूमा बृद्धि भएसँगै अर्घाखाँची जिल्लामा पनि अघिल्लो वर्षको तुलानामा बलात्कार तथा बलात्कार प्रयासका घटनामा यो दोब्वर बृद्धि भएको छ । जिल्लामा अघिल्लो वर्ष अर्थात ०७३/०७४ मा सात वटा बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू भएकोमा यो वर्ष ०७४/०७५ मा १८ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू भएको जिल्ला…

२०७५ श्रावण २८, सोमबार ११:३९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालकलाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घरभई लामो समयदेखि बुटवल उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ७२ वर्षीय (दिनभरी जोगी बनेर माग्ने) सुन्दर पुरीलाई बुटवलस्थित डेराबाट साउन २६ गते गिरफ्तार गरेको छ । अभिभावक विहीन पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन…

२०७५ श्रावण २७, आईतवार २०:५८ गते  
स्थानीय स्वास्थ्य चौकीमा औषधिको अभाव हुदा सेवाग्राही मर्कामा

स्थानीय तहले समयमा औषधिको खरिद गरी स्थानीय स्वास्थ्य संस्थामा पठाउन नसक्दा स्थानीय तहका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मर्कामा परेका छन् । स्थानीय स्वास्थ्य चौकीमा सानो परिमाणमा औषधि पठाउने र छिट्टै सकिने गरेको कारण बिरामीहरूको उपचारमा समस्या हुने गरेको सेवाग्राही र स्वास्थ्य संस्थाका अधिकारीहरूले…

२०७५ श्रावण २६, शनिबार २०:३४ गते