मानव बेचबिखन र यौन दुर्व्यवहारका आरोपित गिरफ्तार
खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन शोषण गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ गाउँपालिका-६ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित ग्रिन गेष्ट हाउस एण्ड लज सञ्चालक ३९ वर्षीय तारा पाण्डे, भारतीय नागरिक भारतको उत्तर प्रदेश प्रताव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा-५ बाघखोरका ३० वर्षीय प्रेम केसी र सोही ठाउँका ३१ वर्षीय भिमबहादुर बोहोरालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वमा असार २१ गते उजुरी दिएको…
बयान बदलेको आरोपमा एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला
आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश काजीबहादुर राईको इजलासले असार २० गते उक्त फैसला सुनाएको हो । २४ वर्षीया युवतीले ०७४ माघ २ गते सानीभेरी गाउँपालिका-३ रुकुम पश्चिम…
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या
कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । परिवारीक कलहका कारण हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर निरन्जन घिमिरेले बताए । इन्स्पेक्टर घिमिरेका अनुसार घटनास्थलबाट चक्कु र हथौडा…
उपचार खर्च नहुँदा माओवादी सेनाकी पूर्व लडाकु दुई वर्षदेखि गाईगोठमा
सशस्त्र द्वन्द्वमा तत्कालीन नेकपा माओवादीमा लागेकी त्रिवेणी गाउँपालिका-५ जुँगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक 'साधना' उपचार खर्च नहुँदा छारे रोगले थलिएपछि दुई वर्षदेखि गाईगोठमा बस्न बाध्य भएकी छन् । पीडित साधनालाई उपचार गर्ने खर्च नहुँदा दुई वर्षदेखि बाख्रा र कुखुरासँगै गोठमा सुताइएको छ । विगत सात वर्षदेखि…
बाढी पीडितहरूलाई उचित व्यवस्थापन गर्न परमादेश जारी
उच्च अदालत नेपालगञ्जले बाँके र बर्दियाका बाढी पीडितलाई उचित व्यवस्थापन गर्न परमादेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा गत वर्ष आएको बाढीले पुर्याएको क्षतिपूर्तिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै ०७४ भदौ १९ गते उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा परेको सार्वजनिक सरोकारको रिट निवेदन विचाराधीन रहेकोमा उच्च…
बेचबिखन घटनाका आरोपित गिरफ्तार
२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा काभ्रे जिल्ला घर भई राप्ती सोनारी गाउँपालिका–८ बस्दै आएका ३४ वर्षीय नबिनकुमार श्रेष्ठ र बाग्लुङ ढोरपाटनका ३७ वर्षीया जुनु बिक रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको…
बालविवाह घटनाका आरोपित गिरफ्तार
रुकुम पूर्वकी १५ वर्षीया एक बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरील बाँफिकोट गापा-२ रुकुम पश्चिमका २९ वर्षीय दिनेश रसाईली बिकलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकाका भिनाजुले असार २० गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएपछि आरोपित बिकलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको रुकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले…
विद्यालयको 'फष्ट एड बक्स' मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा
स्वास्थ्य चौकी टाढा भएका दुर्गमका विद्यालयमा विद्यार्थीलाई सामान्य चोट पटक लाग्दा विद्यालयमै प्राथमिक उपचार दिने उद्धेश्यले रोल्पाका विद्यालयमा सुरू गरिएको 'फष्ट एड बक्स' मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा परेका छन् । जिल्ला अस्पतालबाट औषधि नआएको भन्दै ०७४ फागुनदेखि स्वास्थ्य चौकीले औषधि दिन छाडेपछि विद्यार्थी यो सेवा पाउनबाट वञ्चित भएका…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बिहार जिल्ला गोपालगञ्ज ठाना मोहमदपुर स्थायी घर भई बुटवल उमनपा-२ पाखापानी बस्ने ३० वर्षीय राकेश शर्मा र भारत बिहार जिल्ला मोतिहारी ठाना गोविन्दगञ्ज स्थायी घर भई बुटवल उमनपा-२ मैनाबगर बस्ने २७ वर्षीय अजयकुमार साहनीलाई असार १७ गते बुटवलबाट गिरफ्तार…