पेन्सिल तिखार्न नसकेको आरोपमा छात्रामाथि कुटपिट
नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कक्षा कोठामा आक्रोशित भएर आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई/तीन पटकसम्म प्रयास गर्दा नसकेपछि गालामा…
पत्नीको हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिला घर नजिकै कुलोमा कपडा धोइरहेको अवस्थामा आरोपितले लुकेर धारिलो हतियार प्रहार गर्दा गर्दन र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ…
बन्दी गृह निर्माणको ढिलाइले पुरूष बन्दी जोखिममा
पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् । २०७२ साल वैशाखको भुकम्पका कारण भत्किएका दुई ओटा भवनको सामान्य मर्मत गरी बन्दीहरूलाई सोही भवनमा राखिएको छ । अन्य भवनहरू समेत निकै जीर्ण भएकोले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनामा संलग्न रहेको भनिएका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । पुस ३ गते साँझ बलात्कार भएको भन्दै प्रहरीमा खबर…
तथ्य सङ्कलन सीप तथा क्षमता अभिवृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि तथ्य सङ्कलन सीप तथा क्षमता अभिवृद्धि तालिम पुस ४ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले सहभागीहरूलाई स्वागत गर्दै तालिमबाट मानव अधिकारसम्बन्धी सबैको साझा बुझाई हुने र काम गर्दा समेत सहज हुने बताए…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा सन २०१७ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय…
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न हुम्लामा समीक्षा गरिएको छ । इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका मङ्सिर २८ गते आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले आर्थिक तथा समाजिक अधिकारका घटनालाई…
कारागारका आश्रित बालबालिकाको शिक्षाको मागसहित ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले पाल्पा कारागारमा रहेका आश्रित बालबालिकाहरूका लागि बाल कक्षा र बाल शिक्षकको ब्यवस्थापन गर्न मागसहित मङ्सिर २९ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पाल्पा कारागारमा कैद तोकिएका र नतोकिएका गरी ६७ जना महिला बन्दीहरू…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१८) का लागि सङ्कलन गरिएका घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम तम्घासमा मङ्सिर २७ गते सम्पन्न भएको छ । इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरे, जिल्ला प्रसाशन कार्यालयका प्रसाशकीय अधिकृत भक्तिराम मरासिनीलगायतले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बाबुलाई मङ्सिर २४ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र कसैलाई भने आमाछोरी दुवैलाई मारिदिने धम्की दिँदै बलात्कार गर्दै आएको र मङ्सिर २३ गते पीडितकी आमा मजदुरी गर्न गएका बेला छोरीलाई बलात्कार गर्दै गर्दा छिमेकीले…