मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकारको रक्षा गर्नका लागि राज्य जिम्मेवार भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक रूपन्देहीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागी सरोकारवालहरूले यस्तो कुरामा जोड दिएका हुन् । इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले जिल्लामा ६ महिनामा…

June 14, 2017  
मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्वन्धी अन्तरसम्वाद सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पाल्पामा मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी अन्तरसम्वाद कार्यक्रम जेठ ३० गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले पाल्पाको मानव अधिकारको अवस्था राम्रो रहेको र सरकारी निकाय मानव अधिकार प्रवर्धनका लागि…

June 14, 2017  
जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको छ । सितगङ्गा नपा ८ (साविकको जलुके गाविस) को चापँदीप मतदान केन्द्र र पाणिनी गाउँपालिका-५ (साविकको मैदान गाविस) को भर्तपुर मतदान केन्द्रलाइ अति संवेदनशील मानिएको छ । त्यसैगरी अन्य नौ…

मानव अधिकार निगरानी समूहको निगरानीपछि शिक्षा र स्वाथ्यमा सुधार

यस पहिले आयोजना गरेको सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रियामा सरकारी कार्यालयहरूमा जनताको काम सहज रूपमा हुन नसकेको तथा काममा पारदर्शिता नभएकोलगायतका समस्या बारे सेवाग्राहीले गुनासो गरेका थिए भने निगरानी समूहको निरन्तर अनुगमन तथा फलोअप गर्न सुरू गरेपछि सरकारी कार्यालयहरूमा केही सुधार भएको पाइएको छ । यस पहिले भएको अन्तरक्रियामा प्रमुख…

June 13, 2017  
निगरानी समूहको पहलमा मानव अधिकार रक्षकलाई तालिम

मानव अधिकार निगरानी समूहको आयोजना तथा बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा ०७४ जेठ २९ गते मानव अधिकारसम्बन्धी तालिम सम्पन्न गरिएको छ । इन्सेकको पहलमा साविक भृकुटी नगरपालिकाको नगर परिषदमै मानव अधिकारसम्बन्धी तालिमका लागि २५ हजार रुपियाँ बजेट विनियोजित गरेकोमा सो अनुसार मानव अधिकार निगरानी समूहको बैठकले उक्त तालिम सञ्चालन गर्ने प्रस्ताव…

June 13, 2017  
बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना

रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो छैन । तर, बिहान बेलुका कसरी गर्जो टार्ने ? उनलाई कसैले सम्झाउनु पर्दैन । उनी घोर्ले माविको कक्षा ६ मा पढ्ने सुमनलाई लिएर ढुङ्गाखानीमा आउँछिन् । 'थुप्रै पटक खानीमा आउने…

June 13, 2017  
निर्वाचन आचारसंहिताको पालना गर्न निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह दाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित निगरानी समूहको जेठ २९ गते घोराहीमा बसेको बैठकले असार १४ गते गर्न लागिएको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा दलहरूबिीचमै साङ्घातिक आक्रमण, तोडफोड, धम्कीजस्ता गतिविधि भइरहेकाले निर्वाचन…

June 13, 2017  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वरा जेठ २९ गते नवपरासीको जिल्ला सदरमुकाम परासीमा मानव अधिकार र निर्वाचन विषयक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रको मेरूदण्ड भनेको निर्वाचन भएको बताउँदै त्यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । आफ्ना असन्तुष्टि र मागहरू निर्वाचनको प्रक्रियाबाट…

आयोगद्वारा मानव अधिकार प्राथमिकताका सवालहरू निर्धारण

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाँके जिल्लाको मानव अधिकार प्राथमिकताका सवाल निर्धारणसम्बन्धी छलफल कार्यक्रम जेठ २९ गते  नेपालगञ्जमा सम्पन्न भएको छ । आयोगले आगामी दिनमा मानव अधिकारका प्राथमिकताका सवालहरू निर्धारण गरेर अगाडि बढ्ने उद्देश्य तथा योजना अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । सरोकारवाला निकायसँग छलफल गरी…

June 12, 2017  
चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्लास्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिकालाई कुनै अर्थमा पनि प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । निर्वाचनमा दलहरूले बालबालिका…

June 12, 2017