दाङ बन्दले जनजीवन प्रभावित
संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै युवा संघ नेपाल र अनेरास्ववियु दाङले मङ्सिर २२ गते गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भयो । बन्दकर्ताहरूले विहानैदेखि पूर्वपश्चिम राजमार्गको भालुवाङ-लमही-अमेलिया सडक खण्ड र घोराही-तुलसीपुर तथा अमेलिया-सल्यान राप्ती राजमार्गमा ठाउँ ठाउँमा अवरोध सिर्जना गरी सार्वजनिक यातायात ठप्प पारेका थिए । बन्दकै कारण जिल्लाका…
घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित
घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरेको छ । मङ्सिर २० गते कार्यालयमै एक कार्यक्रम गरी घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले अभिभावकलाई बोलाएर उनका बालबालिका र जनही १५ हजार रुपियाँका दरले आर्थिक…
गोली हानी भाउजुको हत्या, हत्यामा संलग्न रहेकाे अाराेपमा एकजना गिरफ्तार
त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई जनाले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । माइतीमा बस्दै आएकी थापालाई रा २ प १२८७ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई मङ्सिर १७ गते सामूहिक बलात्कार गरेको आरोपमा गुलरिया नपा-७ का १९ वर्षीय पारस गुप्ता र सोही नपा-६ का १९ वर्षीय राजेश बैगारलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर चक्र बहादुर डम्वरपालले जानकारी…
बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव
बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि बर्दियामा अभाव भएको हो । जिल्लाका सबै स्वास्थ्य चौकीमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो, डिपो जस्ता अत्यावश्यक औषधिसमेत अभाव भएको सानोश्री स्वास्थ्य चौकीका इञ्चार्ज हरिहर सापकोटाले बताए । सरकारले…
आन्दोलनको तेस्रो दिन पनि बुटवलको जनजीवन प्रभावित, आन्दोलन अनिश्चित
राज्यको पुनःसंरचना संशोधन प्रस्ताव ल्याएको विरोधमा तेस्रो दिन पनि रुपन्देहीको बुटवल क्षेत्रमा गरिएको प्रदर्शनका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । प्रदर्शनकारीहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू, अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहा र नेपालगञ्ज रोडमा टायर बालेर प्रदर्शन गरेका थिए । अनेरास्ववियु, नेविसङ्घ, अखण्ड प्रदेश नं…
बलात्कारको कसुरमा ६ वर्षकैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर १७ गते सार्कीलाई ६ वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । पीडित बालिकालाई गत असोज…
सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठकमा सहभागीहरूले देशको राजनीतिक अस्थिरताका कारणले गर्दा सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए । नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष शेरबहादुर केसीले संविधान संशोधन प्रस्ताव पश्चात…
आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला
२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई १५ दिन कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर १६ गते यादवलाई १५ दिन कैद तथा ५ हजार रुपियाँ जरिबाना तथा पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति…
प्रहरी र मानव अधिकारकर्मीबिच छलफल, मानव अधिकारप्रति प्रतिबद्धता
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले आन्दोलनका समयमा जिल्लामा दैनिक जनजीवनका अत्यावश्यकीय सामग्रीहरूको अभाव हुन नदिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलसहित पाल्पामा क्रियाशील मानव अधिकारकर्मीहरूसँग मङ्सिर १६ गते तानसेनमा गरिएको छलफलका क्रममा वाग्लेले बन्द हड्तालको समयमा सार्वजनिक सवारी कम चल्ने…