दाइजोको आरोपमा कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण
दाइजो नल्याएको आरोपमा घरपरिवारबाट कुटपिट गरिएको घटना सम्बन्धमा नेपालगञ्जस्थित अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साउन २६ गते प्रेस विज्ञप्तिमार्फत नेपालगञ्ज उमनपा-१९ बाले गाउँकी १८ वर्षीया आसरुन अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते राति पति वसिम जोलहा, सासु बाबादैया जोलहा, ससुरा सब्बीर जोलहा र जेठाजु नसिम जोलहाले गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फत्तेपुर गाविस-७ झगडियाका २० वर्षीय गोरे गड्डी र सोही ठाउँका २१ वर्षीय भड्डु गड्डीलाई फत्तेपुर प्रहरी चौकीले साउन २५ गते गिरफ्तार गरेको छ । आरोपित दुवैलाई साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएको फत्तेपुर प्रहरी चौकीले जनाएको छ । पीडित महिलालाई साउन २३…
पहिरोका कारण प्यूठानका ६५ विद्यालय जोखिममा
वर्षातको समयमा ०७३ साउन १० र ११ गते आएको अविरल वर्षाका कारण प्यूठानका ६५ ओटा विद्यालय जोखिममा रहेको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ । जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका ३ सय ८५ विद्यालयमध्ये नौ ओटा विद्यालय पूर्ण क्षति भएका छन् भने ५५ विद्यालय आशिंक क्षति भएका छन्…
प्रोत्साहन भत्ता नपाएको सुत्केरी महिलाको गुनासो
गराइला गाविस-३ की २४ वर्षीया रिता ओलीले अस्पतालबाट पाउनु पर्ने सुत्केरी भत्ता नपाएको गुनासो गरेकी छन् । जिल्ला अस्पताल सल्लेमा साउन २४ गते सुत्केरी भएकी ओलीले सुत्केरी भत्ता नपाएको बताएकी हुन् । बजेटको अभावमा सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन नसकिएको अस्पतालका निमित्त प्रमुख डा. मानबहादुर केसीले बताए । स्वास्थ्य केन्द्रमा…
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले जाङ गाविस-७ का ३३ वर्षीय लालबहादुर बोहरालाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश चुरामन खड्काको इजलासले साउन २५ गते बोहरालाई दोषी ठहर गर्दै पाँच वर्षकैद र १५ हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने आदेश दिएको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए…
दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट
नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया सासू बाबादैया जोलहा, ५१ वर्षीय ससुरा सब्वीर अन्सारी र ३२ वर्षीय जेठाजु नसिम अन्सारी कवाडीले कुटपिट गरेको पीडितले बताएकी छन् । दुवै आँखामा गहिरो चोट लागेका कारण पीडित घाइतेको भेरी…
बलात्कार घटनाका आरोपित बालकलाई दुई महिना कैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको साउन २३ गतेको इजलासले बलात्कार घटनाका आरोपित बालकलाई सजाय स्वरुप दुई महिना सुधार केन्द्रमा राख्न र दुई महिनापछि बालकको आमाको रोहवरमा थप…
द्वन्द्व पीडितका उजुरीहरूको प्रारम्भिक छानबिन सुरूः सदस्य सुवेदी
सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेका उजुरीहरूको प्रारम्भिक छानबिन सुरू भइसकेको सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले बताएका छन् । बर्दिया नागरिक समाज सञ्जालको आयोजनामा साउन ७ गते गुलरियामा आयोजित उजुरी छानबिन प्रक्रियामा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सदस्य सुवेदीले उक्त कुरा बताएका हुन् । आयोगमा परेका…
पत्नी र सासूको हत्या आरोपित गिरफ्तार
रुकुमको रुघा गाविस-५ की २६ वर्षीया नौमति खड्का र उनकी ४५ वर्षीया आमा ओपी वलीको हत्या गरेको आरोपमा नौमतिका २६ वर्षीय पति जगतबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । सामान्य विवाद हुँदा आरोपितले साउन ४ गते बिहान कुटेर पत्नी र सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी रुपेश खड्काले…
डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारलाई ज्ञापनपत्र
बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आमरण अनसन थालेको १३ औं दिन पुगिसक्दा पनि सरकार र व्यवस्थापिका संसदले त्यसप्रति चासो नदेखाएको भन्दै उनको जीवन रक्षाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित पाल्पामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूले प्रधानमन्त्रीलाई साउन ७ गते ज्ञापनपत्र पठाएका छन् । डा. केसी चिकित्सा क्षेत्रको सुधारको…