बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै सन्धिखर्क नपा–२ का ४९ वर्षीय हरीप्रसाद भुसाललाई जिल्ला अदालतले कात्तिक २८ गते ६ वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको  छ । न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले आरोपितको बयान र प्रमाणका आधारमा ६ वर्ष कैद फैसला र ५० हजार रुपियाँ…

२०७५ कार्तिक ३०, शुक्रबार १९:५१ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद सजाय

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कात्तिक २८ गते रामग्राम नपा–१७ फुलवरियाका २० वर्षीय विजय थारू केवटलाई २ वर्ष ६ महिना कैदको सजाय र २० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत आदेश भएको छ । पीडितलाई केवटले २०७४ चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै चैत २५ गते…

२०७५ कार्तिक २९, बिहीबार २०:१७ गते  
रुकुम पुर्वमा कारागार नहुँदा समस्या, भवनका लागि जग्गासमेत पाइएन

नयाँ स्थापित जिल्ला रूकुम पुर्वमा कारागार नहुँदा समस्या भएको छ । रूकुम पुर्व जिल्लाबाट अदालत तथा अर्ध न्यायिक निकायले कारागार चलान गरेका कैदीबन्दिहरूलाई रूकुम पश्चिम स्थित कारागारमा पुर्‍याउनु पर्ने बाध्यता रहेको छ । साविकको रूकुम जिल्ला राज्य पुनः संरचनाको क्रमका रूकुम पुर्व र पश्चिम दुई जिल्लामा विभाजन भएपछि २०७४ को…

२०७५ कार्तिक २९, बिहीबार २०:१३ गते  
नियमित अनुगमनले सरोकारवाला निकायलाई जबाफदेही बनाउनेमा जोड

मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था इन्सेकको नियमित अनुगमनले सरोकारवाला निकायलाई जबाफदेही बनाउनेमा जोड दिइएको छ । इन्सेकको आयोजनामा रुकुमकोटमा कात्तिक २८ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को पूर्व समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उक्त कुरामा जोड दिएका हुन् । प्रजिअ शर्माले इन्सेकले नियमित भेटघाट तथा छलफलले…

२०७५ कार्तिक २९, बिहीबार ११:३४ गते  
कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा वडा सचिवसहित तीन जना गिरफ्तार

५२ वर्षीया दुई जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका-४ घरभई सोही नपा-५ वडा सचिव ५४ वर्षीय टीकाराम आचार्य, उनकी पत्नी ४८ वर्षीया कमला आचार्य र छोरी २३ वर्षीया प्रतिज्ञा आचार्यलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । आरोपितहरूले कात्तिक २५ गते कथित बोक्सी आरोप लगाउदै…

२०७५ कार्तिक २७, मंगलवार १५:२४ गते  
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयद्वारा सञ्चालित कार्यक्रम र गतिविधिको कात्तिक २६ गते केन्द्रीय र बाहृ्य टोलीले अनुगमन गरेको छ । विनोद भट्टराई र यादव चापागाई सम्मिलित टोलीले नेपालगञ्जमा नागरिक समाज, पेशागत सङ्घ सङ्गठन, कानुन व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी तथा सरकारी निकायहरूसँग छलफल गरेको छ । अनुगमन टोलीले इन्सेकले…

२०७५ कार्तिक २७, मंगलवार १५:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इश्मा गाउँपालिका-६ का २५ वर्षीय रेशम कुमाललाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक २१ गते रक्सी खुवाएर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई शिवबहादुर खत्रीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक…

२०७५ कार्तिक २७, मंगलवार १४:३९ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२० वर्षीया युवतीलाई कात्तिक ८ गते बलात्कार प्रयास गरेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३२ वर्षीय सुरेश श्रेष्ठविरूद्ध कात्तिक २५ जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गरिएको छ । पीडित पक्षले कात्तिक ८ गते सन्धिखर्क नगरपालिका–१ को लुम्बिनी होटलमा सुरेश श्रेष्ठले बलात्कार प्रयास गरेको भनी कात्तिक २० गते…

२०७५ कार्तिक २६, सोमबार १८:५७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५-१६ वर्षउमेर समूहका बालकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न भएको आरोपमा गिरफ्तार भएका तीनै जना बालकमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर लक्ष्मण ओलीले बताए । पीडित बालिकालाई बाख्रा चराउन गएका गोठालाहरूले अचेत अवस्थामा उद्धार गरी प्रहरी चौकी…

२०७५ कार्तिक २६, सोमबार ११:३७ गते  
३५ वर्षदेखि सिङ्गो गाउँ लालपुर्जाविहीन, भूमि अधिकारबाट वञ्चित

धुर्कोट गाउँपालिका–५ को धनार्जी गाउँ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डको छेउमा पर्छ । यहाँ करिव २५ घर परिवार बसोबास गर्छन् । ३० देखि ३५ जनाका घडेरी पनि छन् । सोही ठाउँका रामप्रसाद भण्डारीले २०४० सालमा स्थानीय एक व्यक्तिसँग १ हजार १ सयमा घडेरी किने । त्यो बेला उनी २२ वर्षका थिए ।…

२०७५ कार्तिक २२, बिहीबार १७:४६ गते