मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया, ४० वर्षीया र ४५ वर्षीया दुईजना गरी चारजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल र प्रहरीले बेलहिया नाकाबाट माघ ९ गते एकजना आरोपितलाई गिरफ्तार र पीडित महिलाको उद्दार गरेको छ । पीडितहरूलाई विक्री गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै…

२०७४ माघ ११, बिहीबार ०८:२३ गते  
बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा नेपालीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई जिल्ला अदालतले माघ ९ गते सर्वस्वसहित जन्मकैद हुने गरी फैसला गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजालासले घटनाको प्रमाणका आधारमा आरोपितलाई र्सवस्वसहित जन्मकैद हुने गरी फैसला भएको जिल्ला अदालतका नासु टेकराज…

२०७४ माघ १०, बुधबार १६:१४ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

भारतको विहार घर भई कावासोती नपा-२ बस्दै आएका ३२ वर्षीय सन्तोष शाह र चितवनको रत्ननगर नपा-२ की २२ वर्षीया दुर्गा खड्कालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । २३ वर्षीया निलम शाहले आफू घरमा हुँदाहुँदै खड्कासँग आरोपितले गत पुस १७ गते अर्को विवाह गरेको भन्दै माघ…

२०७४ माघ १०, बुधबार १५:०० गते  
बन्दकर्ताद्वारा पत्रकारमाथि दुर्व्यवहार

अस्थायी राजधानीको माग गर्दै दाङको लमहीमा भएको विरोध प्रदर्शनको रिपोटिङका लागि गएका घोराही उपमहानगरपालिका-१५ का ३७ वर्षीय फोटो पत्रकार कुलदीप न्यौपाने, नयाँ युगबोध दैनिकका सहसम्पादक ३५ वर्षीय नरेन्द्र केसी, जनउभार साप्ताहिकका कार्यकारी सम्पादक ३० वर्षीय डिल्ली मल्ल र खबर टोकरी डटकमका सम्पादक/प्रकाशक ३५ वर्षीय आजाद खड्कालाई आन्दोलनकारीहरूले दुर्व्यवहार गरेका छन्…

२०७४ माघ ७, आईतवार ०९:२७ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ कलौनीका २८ वर्षीय शालिकराम सुवेदीलाई माघ ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । आरोपित सुवेदीले पत्नी शारदा सुवेदी र दुई छोरा हुँदाहुँदै सैनामैना नगरपालिका-६ कलौनीकै ३१ वर्षीया बविता जिसीलाई पुस १३ गते भगाएर फरार रहेको र अहिले गाउँमा आएको भनी आरोपितकी  २९ वर्षीय…

२०७४ माघ ५, शुक्रबार २१:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ का २७ वर्षीय भिमबहादुर कामीलाई आरोपितको घरैबाट माघ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार गरेको भनी पीडित बालिकाले माघ ४ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाले दिएको उजुरीका आधारमा…

२०७४ माघ ५, शुक्रबार २१:५७ गते  
स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड

इन्सेकको आयोजनामा पुस ३० गते गुलरियामा भएको सेवाप्रदायक र सेवाग्राहीबिच अर्न्तक्रियामा समुदायले उनीहरूको अधिकार प्राप्त गर्न स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड दिएका छन् । कार्यक्रममा कृषि विकास कार्यालय बर्दियाका प्रमुख पर्शुराम रावतले कृषि क्षेत्रको कार्यक्रम गरिब किसानमैत्री नभएको बताए । किसानले भनेको समयमा गुणस्तरीय मल, बिउ मात्रै…

२०७४ पुष ३०, आईतवार २१:५२ गते  
सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक कपिलबस्तु र मानव अधिकार निगरानी समूहको आयोजनामा पुस २८ गते कपिलवस्तु नगरपालिकामा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझन र सुधारका लागि पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया…

२०७४ पुष २८, शुक्रबार २१:५८ गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम पुस २६ गते बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले सञ्चालन गरेको इएलपी कार्यक्रमबारे जानकारी गराउँदै बगनासकाली-७ खानीगाउँ र ९ चापपानीका शिक्षा, स्वास्थ्य तथा खाद्य…

२०७४ पुष २८, शुक्रबार १३:३४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

देवदह नगरपालिका-६ की ३६ वर्षीया हुमा खत्रीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति सशस्त्र प्रहरी बल नेपाल, बोडर्र आउट पोष्ट मतिअर्वा बारामा कार्यरत असई केहरसिंह खत्रीलाई पुस २६ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई मङ्सिर २६ गते घरको छतमा लुगा सुकाउँदै गरेको अवस्थामा…

२०७४ पुष २८, शुक्रबार १२:०९ गते