प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

लमही नगरपालिका-५ निवासी रेडियो देउखुरीका स्टेशन म्यानेजर २८ वर्षीय शिव खनाल, सोही ठाउँका गणतन्त्र दैनिकका समाचारदाता २६ वर्षीय शिवु खनाल र प्रदेश टूडे दैनिकका समाचारदाता लमही नपा-९ का ३२ वर्षीय पूर्णबहादुर बिकलाई पुस ८ गते इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर रविन्द्रराज पाण्डेले  दुर्व्यवहार गरेको आरोप लगाएका छन् । गोरु तस्करी…

२०७५ पुष १०, मंगलवार ०९:४५ गते  
सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन बाढी पीडितद्वारा माग

बारबर्दिया नगरपालिकाका बाढी पीडित परिवारले सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन पुस ८ गते माग गरेका छन् । करिब पाँच वर्षअघि आएको बाढीका कारण विस्थापितहरूले नगरप्रमुख दुर्गाबहादुर थारुलाई ज्ञापनपत्र बुझाउनुको साथै नगरपालिका अगाडि पुनःस्थापनको थप रकम उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेका हुन्  । बाढी पीडित सङ्घर्ष समितिका अध्यक्ष रञ्जना…

२०७५ पुष ८, आईतवार १५:०४ गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा वडा अध्यक्षको ध्यानाकर्षण

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन शिक्षा स्वास्थ्य र खाध्य अधिकारका सवालमा ०७५ पुस ८ गते बुद्धभुमि नपा ४ का वडा अध्यक्षको ध्यानकर्षण गराएको छ । इन्सेक नेपालगन्ज र मानवअधिकार निगरानी समुहद्धारा बुद्धभुमि नगरपालिका ४ मा रहेको स्वास्थ्य, र खाध्य अधिकार अन्तरगतका स्थानीय समस्याका वारे ज्ञापनपत्र बुझाई वडा…

२०७५ पुष ८, आईतवार १५:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–४ का ४२ वर्षीय मिनबहादुर बगालेलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित मकिलालाई आरोपितले गत वैशाख २७ गतेबाट पटकपटक बलात्कार गर्दै आएको र आठ महिनाको गर्भ समेत रहेको भन्दै पीडितले पुस ६ गते प्रहरीमा उजुरी दिएकी छन् । आरोपितलाई तत्काल…

२०७५ पुष ६, शुक्रबार २०:४७ गते  
कियोस परियोजना अभिमूखीकरण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गते रूपन्देहीको बुटवलमा “स्थानीय समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि सम्बन्धित निकायलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम” (कियोस) परियोजना अभिमूखीकरण कार्यक्रम सुरू गरिएको छ । इन्सेककी अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले कियोस परियोजनाले जिम्मेवार नियकालाई जबाफदेही बनाउँदै जनताको शिक्षा, स्वास्थ्य र…

२०७५ पुष ५, बिहीबार २०:२६ गते  
प्रदेश ५ का मुख्यमन्त्रीसँग इन्सेककर्मीको भेटघाट

इन्सेकर्मीहरूको एक टोलीले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग पुस ५ गते भेट गरी प्रदेश ५ को मानव अधिकार अवस्थाका विषयमा छलफल गरेको छ । छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले समाजमा महिला हिंसाका घटना बढेको उल्लेख गर्दै जनचेतनाका कारणले पनि मानव अधिकारका घटनामा बृद्धि भएको देखिएको बताए । ‘वास्तवमा घटना बढेको…

२०७५ पुष ५, बिहीबार २०:१४ गते  
बालक हत्याका चार जना आरोपित गिरफ्तार

घोराही उपमनपा–१३ का १७ वर्षीय सुवास पुनको हत्या गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१३ का १८ वर्षीय सन्तोष घर्ती, सोही ठाउँका १९ वर्षीय विपी पुन, घोराही उमनपा–१८ का २० वर्षीय बादल शाह र सोही ठाउँका १८ वर्षीय अशोक घर्तीलाई पुस ५ गते गिरफ्तार गरेको छ । कात्तिक ३० गते स्वर्गद्वारी घुम्न…

२०७५ पुष ५, बिहीबार २०:११ गते  
मानव अधिकार शिक्षामा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ को आयोजनामा पुस ५ गते रूपन्देही जिल्लाको बुटवलमा आयोजित “प्रदेश ५ को मानव अधिकार अवस्था र सरोकारवाला निकायको भूमिका विषयक विचार गोष्ठिमा मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले मानव अधिकार शिक्षामा जोड दिनु पर्ने बताएका छन् । सामाजिक सञ्जालबाट नकारात्मक विषयमा अफवाहका रूपमा बढी कुरा…

२०७५ पुष ५, बिहीबार २०:०९ गते  
यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ४ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएको इन्स्पेक्टर अरुणकुमार सिंहले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २…

२०७५ पुष ५, बिहीबार १०:०७ गते  
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनामा प्रहरीद्वारा मिलापत्र

इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाले कारवाहीका लागि पठाइएको कथित बोक्सी आरोपको घटना स्थानीयहरूको अनुरोधमा वडा प्रहरी कार्यालय चनद्रौटाले पुस ३ गते मिलापत्र गराएको छ । शिवराज नपा-९ भगवानपुरकी ६५ वर्षीया जमुना रिजाललाई सोही ठाँउका ६५ वर्षीया बुद्धज्योती कुँवरले पुस २ गते दिउँसो घाँस काट्न बारीमा गएको बेलामा 'बोक्सी' भन्दै बाँसको…

२०७५ पुष ४, बुधबार १४:५३ गते