बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, ३५ वर्षीया र ४५ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल, थ्री एञ्जल्स नामक संस्था र प्रहरीको सहकार्यमा बेलहिया नाकाबाट फागुन ७ गते दिउँसो उद्दार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मकवानपुर…

२०७४ फाल्गुन ८, मंगलवार २०:५१ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्यूठान नपा-१ की २३ वर्षीया बागेश्वरी सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय गिरबहादुर सार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ । बागेश्वरीलाई आरोपितले फागुन ६ गते राति कुटपिट गरी हत्या गरेपछि घरबाट भाग्दै गरेको अवस्थामा प्यूठान नपाको चेरनेटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले बताए…

२०७४ फाल्गुन ८, मंगलवार १३:३७ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-४ आर्दशनगरका २५ वर्षीय इश्वरी शाहीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । २५ वर्षीया पत्नी अस्मिता शाहीले आफू हुँदाहुँदै आरोपितले गुल्मीको अर्खले घर भई बुटवल उमनपा-६ ट्राफिक चोक डेरा गरी बस्ने २४ वर्षीया पुष्पा खनाललाई माघ १० गते भगाएर फरार रहेको र फागुन ५…

२०७४ फाल्गुन ७, सोमबार २०:४३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१५ का २४ वर्षीय नारायण रिजाललाई फागुन ६ गते सेमलारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६ गते साँझ बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । पीडित बालिकाले दिएको उजुरीका…

२०७४ फाल्गुन ७, सोमबार ०६:४४ गते  
अपहरित बालक मृत अवस्थामा फेला

मायादेवी गाउँपालिका-४ पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडीहवाको निसवा स्कुल पढ्न जाँदै गर्दा बेपत्ता मोहम्मद ऐमान फागुन ६ गते मृत अवस्थामा भेटिएका हुन् । ऐमानको शव आफ्नै घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले जनाएको छ । मृतक बालकको शरीरमा कुनै चोटपटक भने…

२०७४ फाल्गुन ६, आईतवार २१:१४ गते  
६ वर्षीय बालकको अपहरण, अवस्था अज्ञात

मायादेवी गाउपालिका-४, पिपराका वडाअध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा मोहम्मद ऐहमानको फागुन ४ गते अपहरण भएकामा हाल सम्म अवस्था अज्ञात रहेको छ  । घर नजिकैको सुमाया गर्ल्स स्कुल गुल्डीहवामा नर्सरीमा पढ्ने बालकलाई स्कुल जाँदै गर्दा मोटर साइकलमा आएका दुई जना नचिनेका व्यक्तिले बालकलाई चकलेट अपहरण गरेको वडाअध्यक्ष मोहम्मदले बताएका छन…

२०७४ फाल्गुन ६, आईतवार ०७:०७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १७ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १ गते घरमा कोही नभएको अवस्थामा छिमेकी बालिकालाई बलात्कार गरेको भन्दै फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

२०७४ फाल्गुन ४, शुक्रबार १२:४९ गते  
प्रहरीले यातना दिएको भन्दै आयोगमा उजुरी

नेपालगञ्ज उमनपा-२१ का धनेन्द्रराज सोनीलाई प्रहरीले यातना दिएको भन्दै पीडित पक्षले फागुन ३ गते राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा उजुरी दिएका छन् । पीडित पक्षले आयोग समक्ष घटनाको छानबिन गरी संलग्न प्रहरीलाई कारवाहीको माग गरेका छन् । नेपालगञ्ज उमनपा-२२ पुरैनी बाबाकुटीको नजिकबाट सादा पोशाकमा आएका प्रहरीले माघ १९ गते गिरफ्तार…

२०७४ फाल्गुन ४, शुक्रबार १२:४७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई विनय त्रिवेणी गाउँपालिका-४ शितलटारीका २५ वर्षीय दिपक बिकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते जिल्ला प्रहारी कार्यालय नवलपुरमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले फागुन १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपुर कावासोतीमा उजुरी दिएका हुन् । पीडित…

२०७४ फाल्गुन ४, शुक्रबार १२:४३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई माघ २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार गुरूङले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण  माघ २८ गते जिल्ला अस्पतालमा…

२०७४ फाल्गुन १, मंगलवार १२:३० गते