कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको निधन
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानवअधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको ०७३ कातिक १२ गते राति निधन भएको छ । ६८ वर्षीय दुखुवाको ढोढरी गाविस–१ स्थित आफ्नै निवासमा निधन भएको हो । गरिब किसान, मुक्त कमैया र सुकुम्वासीहरूको प्यारा अगुवाको रूपमा मध्यपश्चिममा मात्रै नभएर देशैभर उनी सूपरिचित थिए ।…
बन्चरो प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
दैलेख सालखर्ककी ३६ वर्षीया खगीसरा सुनारलाई बन्चरो प्रहार गरी कात्तिक १० गते राति हत्या गरेको आरोपमा उनका ३९ वर्षीय पति मिनबहादुर सुनारलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । भारतको सिमलामा मजदुरी गर्ने मीनबहादुरसँगै बर्दियाको सोरहवा-३ बस्ने दाजु दलबहादुर सुनारको घरमा भेटघाटका लागि आएका बेला सामान्य विवाद हुँदा बञ्चरोले…
बलात्कार प्रयास घटनाका दोषी चार वर्षपछि गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रसाय गरेको घटनामा दोषी ठहरिएका बेला-६ खरदरियाका ४३ वर्षीय नन्कु यादवलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०६८ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी गरेपछि आरोपित फरार रहेका थिए । बलात्कारपछि…
बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
ठुलापोखरा गाविस-२ की २४ वर्षीया सिर्जना भट्टराईले ३३ वर्षीय पति गणेश प्रसाद भट्टराई र भगवती गाविस-३ की १९ वर्षीया दुर्गा पाण्डेले बहुविवाह गरेको आरोपमा दुवै जनाविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले कात्तिक ५ गते विवाह गरेको आरोपमा कानुन अनुसार कारबाही…
कापीकलम किन्न धानको सिला खोज्दै बालबालिका
'खाली धान खेत, दुई जना बालबालिका निहुरिएर हिँडिरहेका छन् । हातमा पराल जस्तो मुठो छ । त्यो पराल नभएर धानको बाला हो ।' उनीहरू हुन् मोहम्मदपुर गाविस-३ दुधालालपुरका ११ वर्षीया सवनम खाँ र नौ वर्षीया सावा खाँ । उनीहरू दैनिक आधा किलो देखि एक किलोसम्म धानको सिला जम्मा गर्ने गरेका…
सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव
जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको जिल्ला अस्पतालका डाक्टर भाष्कर हुमागाईंले बताएका छन् । जिल्ला अस्पतालसहित ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको हुमागाईंले बताएका हुन् । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी माग हुने औषधि एसिलक, डाइजिन, ब्रुफिन, सिटामोललगायतका औषधिको अभाव देखिएको हो । जिल्ला सरकारी अस्पतालमै…
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
२५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही नपा-६ फुर्सेखालीका ३३ वर्षीय टेकबहादुर पुनलाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक ४ गते बलात्कार घटनामा दोषी ठहर गर्दै पुनलाई पाँच वर्षकैद र २५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले…
उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खाजेको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालत नेपालगञ्जको इजलासले कात्तिक ४ गते विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । महादेवपुरी गाविसकी १५ वर्षीया बालिकाले आफूसँग एक युवकले प्रेम सम्बन्धमा फसाएर यौन शोषण गरी समाजमा बस्न नसक्ने अवस्थामा पुर्याएको र उसकै कारणले आत्महत्या…
बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला
तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत पाल्पाले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । कात्तिक ४ गते जिल्ला अदालत पाल्पाका न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेष्तेदार सुवर्ण खनालले जानकारी दिए । दिपकले…
कारागारमा झडप हुँदा दुई जना बन्दी घाइते
कारागारमा रहेका कैदीबन्दी बिच झडप हुँदा ध्रुव हरीजन र नविन दर्लामीसहित केही बन्दी घाइते भएका छन् । कारागारमा २०७३ कात्तिक २ गते बिहान खाना खाने समयमा दाल नराम्रो लागेको भनी एक आपसमा भनाभन हुँदा चिरुवा दाउरा प्रहारबाट उनीहरू घाइते भएका हुन् । एक आपसमा भएको विवादका कारण उनीहरू घाइते भएको…