आयोगद्वारा द्वन्द्वपीडितको पुनर्स्थापना पछिको अवस्थाबारे अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनर्स्थापना र उनीहरूको अवस्थाबारे अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत दिपक ठाकुर र कल्पना नेपाल आचार्यसहितको टोलीले माघ २७ गते सदरमुकाम तानसेन सहित, रामपुर, गोठादीलगायतका स्थानमा पुगेर द्वन्द्वका समयका पीडित र पीडितका परिवार तथा आफन्तसंग…
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सैघा-१ का २१ वर्षीय महेन्द्र थापालाई पाँच वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ २६ गते अभियोगमा दोषी ठहर गर्दै थापालाई पाँच वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…
तीन वर्षीय छोराको हत्या पछि आमाद्वारा आत्महत्या
धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बालक गौतम माघ २२ गतेदेखि हराएपछि स्थानीबासीले खोजखबर गर्दै जाँदा घर नजिकै जङ्गलमा हत्या गरी ढुङ्गाले च्यापेको अवस्थामा माघ २५…
बाल अधिकार क्षमता अभिवद्धि तालिम सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा इएलपी कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि माघ २४ गतेदेखि सुरु भएको क्षमता अभिवद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा इन्सेक अभियान, बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, विकासक्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव…
'स्यालुट' नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप
दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई 'स्यालुट' नगरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले माघ २५ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । स्यालुट नगरेको आरोपमा डिएसपीले सोही दिन साँझ आफूलाई इलाका प्रहरी कार्यालय बिजुवारमा…
निगरानी समूहको ध्यानाकर्षणपछि स्वास्थ्य केन्द्रमा औषधि सहज
मानवअधिकार निगरानी समुहको अनुगमन र ध्यानाकर्षापछि कपिलवस्तु जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा औषधि पाउन थालिएको छ । एक महिनाअघि निगरानी समूहको अनुगमनका क्रममा अस्पताल र स्वास्थ संस्थाहरूमा औषधिको अभाव भएको भेटिएपछि समूहले जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक परिमाणमा औषधि खरिद गरी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ । तीन वर्षघि आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि ०७३ माघ १५ गतेसम्म निरन्तर बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते…
सिमापार गराउँदै गरेको अवस्थामा दुई जनाको उद्धार, आरोपित गिरफ्तार
सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते उद्धार गरेको जनाएको छ । ती दुवै जना पीडितलाई बेचबिखनका लागि भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले माइती नेपालको सहयोगमा १७ वर्षीय बालक र रजहर गाविस-१ स्थित विके इट्टा भट्टामा काम गर्ने…
घरघरमा मानव अधिकार शिक्षा पुर्याउन आयोगको प्रतिबद्धता
मानव अधिकार शिक्षा घर घरमा पुर्याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको आयोजनामा घरघरमा मानव अधिकार शान्ति र विकासको आधार विषयक सचेतनामूलक कार्यक्रममा खरेलले उक्त कुरा बताएका हुन् । आयोगले तर्जुमा गरेको…
आयोगको समयावधि थप्नुपर्ने द्वन्द्व पीडितहरूको माग
सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् । दुई वर्षअघि गठित ती आयोगको समयावधि माघ २७ गते सकिनै लागेको भन्दै आफूहरूको उजुरीमाथि छानबिन नै नभई आयोग विघटन हुन नहुने भन्दै समयावधि थप गर्न…