अज्ञात समूहको गोली प्रहारबाट युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्षको हत्या
युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी देवदह नपा-६ खैरेनीका ३९ वर्षीय दुर्गा तिवारीको पुस ४ गते साँढे ३ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फजाँदै गरेको अवस्थामा उनलाई देवदह-८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले पछाडिबाट गोली प्रहार गर्दा गोली…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई एकवर्षदेखि लगातार बलात्कार गरेको आरोपमा ३८ वर्षीय बावुलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ साउनदेखि लगातार ०७३ कार्तिकसम्म बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उक्त कुरा आमालाई भनेको भन्दै आरोपितले पीडित…
भवन निर्माण ढिलाइले पुरुष कैदीबन्दी जोखिममा
पुरुष बन्दी गृह समयमा बनाउन नसकेका कारण पाल्पा कारागारका कैदीबन्दीहरू भत्कँदै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०६८ असार १६ गते सम्झौता भई ०७० वैशाख १६ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने सहमति भएको बन्दी गृह निर्माणको काम तीन पटक म्याद थपिँदासम्म अहिलेसम्म ७० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन…
प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते
जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त बन्यो । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लगाइएको ताला खुलाउन र धर्नामा बसेका प्रदर्शनकारीलाई लखेट्न खोज्दा झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विक, इन्सेक गुल्मी जिल्ला प्रतिनिधि…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित रामपुर गाविस-१ निमुरियाका ३१ वर्षीय डम्मरबहादुर जिसीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले जिसीलाई दोषी ठहर गर्दै मङ्सिर ३० गते पाँच वर्षकैद गर्ने फैसला गरेको हो । मानसिक सन्तुलनमा कमजोरी भई हिँडिरहेकी पीडित…
बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ । घरमा बसिरहेकी पीडित महिलालाई मङ्सिर ३० गते बिहान आरोपितले एक्कासी टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरी अनुसन्धान सुरु…
गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार
संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएका छन् । सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीका महिलाहरूले विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैँची, फूलको माला, सियो, धागो र…
संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा साँझ ६ बजे चुक्रावेशीको बेलबाटिका र बसपार्कबाट जुलुस सुरु गरी सदरमुकाम सन्धिखर्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो । मसाल जुलुसलाई…
सामाजिक सदभाव कायम राख्न अधिकारकर्मी र धार्मिक अगुवाको आग्रह
जिल्लाको सामाजिक सदभाव ब्रि्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र धर्मगुरुहरूले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा भएको छलफल कार्यक्रम पश्चात अन्तर धार्मिक सामाजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष महन्त चन्द्रनाथ योगी, अन्तर धार्मिक…
कालो पट्टी बाँधेर दौड जुलुश, लगातारको बन्दले जनजीवन कष्टकर
सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले संविधान संशोधन गरी पाँच नम्बर प्रदेश टुक्र्याउन लागेको विरोधमा लगातार बन्दको चौधौँ दिन पनि गुल्मी जिल्ला बन्द गरिएको छ । संशोधनको विरुद्धमा आन्दोलन चर्किएको धेरै दिन बित्दा समेत सरकारले कुनै…