उम्मेदवारको घरमा 'नक्कली बम', प्रहरीले राति नै हटायो
अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको 'नक्कली बम' प्रहरीले हटाएको छ । असार १२ गते राति नेपाली काङ्ग्रेसको तर्फबाट तुल्सीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको सल्यान रोडमा रहेको घर अगाडि राखिएको नक्कली बम प्रहरीले १३ गते बिहान एक बजे हटाएको हो । त्यस्तै नेकपा माओवादी…
मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड
नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न 'पास' बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ । प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा…
बुद्धभूमी नगरपालिकाका मेयर उम्मेदवारको घर नजिकै सुतली बम विष्फोट
बुद्धभूमी नपा-१ स्थित महेन्द्रकोट निवासी नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार केशवकुमार श्रेष्ठको घर नजिकै सडकमा असार १२ गते बम विष्फोट भएको छ । अज्ञात समूहद्वारा गरिएको सुतली बम विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । मौन समय सुरूभएसँगै अज्ञात समूहले गराएको…
काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते
सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली काङ्ग्रेस निकट तरुण दलका कार्यकर्ता ३० वर्षीय रेशम बुढाथोकी र माओवादी केन्द्रका कार्यकर्ता सिस्ने शिक्षा क्याम्पसका स्ववियु सभापति २५ वर्षीय श्रीकुमार बुढाथोकी रहेका छन् । दाहिने…
इन्सेकका पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार १४ गते हुने स्थानीय तहको निर्वाचनको स्वतन्त्र निश्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि पर्यवेक्षकहरूका लागि एक दिवसीय अभिमूखीकरण कार्यक्रम असार १२ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कपिलवस्तुका संयोजक रामदयाल ठाकुर, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल तथा…
नेपाली सेनाको टोलीले प्रेसर कुकर बम निष्कृय बनायो
बाँसगढी नपा-५ बाँसगढी बजारमा बेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर बम असार १२ गते नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । अज्ञात समूहले राखेको विष्फोटक पदार्थ नेपालगञ्जस्थित चारबाहिनीबाट आएको नेपाली सेनाको टोलीले असार १२ गते दिउँसो २ बजे निष्कृय बनाएको हो । असार १२ गते बिहान बेवारिसे अवस्थामा भेटिएको विष्फोटक पदार्थ…
निर्वाचनको सफलतामा मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण
यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सफलताका लागि मानव अधिकारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने धारणा एक कार्यक्रमका सहभागीहरूले राखेका छन् । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलले असार १२ गते तानसेनमा आयोजना गरेको मानव अधिकारकर्मी र पर्यवेक्षकहरूसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त धारणा राखेका हुन् । कार्यक्रममा मानव…
कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा तीन ठाउँमा विष्फोट
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार ११ गते जिल्लाका दुई स्थानमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिका-७ को दिपक माविको बुथ नजिक र वडा नम्बर ६ को बुथ नजिकै राति बम विष्फोट भएको प्रहरीले जनाएको छ । असार ११ गते राति यहाँका नागरिकलाई आतङ्कित पार्न…
नेकपा एमालेको बृहत सभामा 'होक्स बम' फेला पर्यो सेनाद्वारा निस्कृय
असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बुटवलमा नेकपा एमालेको बृहत सभामा शङ्कास्पद विस्फोटक वस्तु फेला परेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले संबोधन गर्ने कार्यक्रमस्थलदेखि २० मिटर पर 'होक्स बम' फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी…
निर्वाचनमा प्रयोग गरिएको गाडीमा विष्फोट हुँदा ५ घाइते
सुनवल नपा-३ सोमनाथ खोला पुलमा नेकपा माओवादी केन्द्रले प्रयोग गरेको लु.१ ख ६७७३ नम्बरको बसमा बम विस्फोट हुँदा र्यालीमा बसमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा सुनवल नपा-१२ का ४४ वर्षीया मिना चौधरी, सोही ठाउँका ४१ वर्षीया बेलाकुमारी कठरिया, १४ वर्षीय श्रीकान्त केवट, ४५ वर्षीया फुलकुमारी…