वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा
बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा राखेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विथोल्न खोजेको आरोपमा खड्कालाई वैशाख १८ गते प्रहरीले आठविसकोट नपा-१ बाट गिरफ्तार गरेको थियो । बालकलाई सार्वजनिक अपराधको…
स्थानीय तह निर्वाचनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न
दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम वैशाख २६ गते तानसेनमा सम्पन्न भएको छ । इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले निर्वाचनको सुरक्षा तयारी…
अज्ञात समूहद्वारा बाटो खन्न प्रयोग गरिएको जेसिबी डोजरमा आगजनी
अज्ञात समूहले वैशाख २६ गते कालिका प्यासेफिक जेभीको एउटा जेसिबी डोजरमा आगजनी गरेको छ । इस्मा गाउँपालिका-२ को रातचौरमा बिहान एक बजेतिर उक्त डोजरमा आगो लगाएको प्रहरीले जनाएको छ । २०५ नम्बरको जेसिबीले छल्दी-पनाहा-इन्द्रेगौडा सडकखण्डमा काम गरिरहेको ठेकेदार भरत कटुवालले जानकारी दिए । आगजनीबाट जेसिबी पुरै जलेर नष्ट भएको उनले…
प्रहरीको पहलमा बाल विवाह रोकियो
कपिलवस्तु नपा-१२ बस्ने लक्ष्मण यादवले आफ्नै नाबालिका छोरी १४ वर्षीया सन्जु यादवलाई साविक भगवानपु गाविस ५ हाल कृष्णनगर नपा १२ हथिहवागढमा विवाह गराई रहेकोमा प्रहरीले रोक लगाउनुको साथै बालविवाह गराइदिने बाबुलाई प्रहरीले ०७४ वैशाख २३ गते नियन्त्रण लिएको थियो । 'बालविवाह हुन थालेको भन्ने सूचना कार्यालयमा प्राप्त भई प्रहरी कार्यालयबाट…
काङ्ग्रेस माओवादी झडप, १२ जनाभन्दा बढी घाइते
त्रिबेणी गाउँ पालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ । घाइते हुनेमा त्रिवेणी गाउँपालिका-८ का वडा अध्यक्षका उम्मेदवार २५ वर्षीय दिनेश खड्का, सोही ठाउँका खिमबहादुर खड्का, कुलबहादुर खड्का, नरहरी घर्ती, विशाल सिंहलगायतका रहेको…
आचारसंहिता मिच्दै चुनाव प्रचार
नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएको राससले जनाएको छ । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचार अभियानमा सञ्चालन गरेका हुन् । प्रदेश नं ४ को नवलपुर क्षेत्रमा विभिन्न दलले निर्वाचन…
माओवादी केन्द्र र काङ्ग्रेस कार्यकर्ताबीच झडप
चौरजहारी नपा-१२ मा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको छ । स्थानीय तहको चुनाव प्रचार प्रसारको विषयमा विवाद हुँदा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरी चौकी सर्केनाले जनाएको छ । झडपमा काङ्ग्रेसका कार्यकर्ता चौरजहारी नपा-१२ का ४० वर्षीय भीमबहादुर ओली गम्भीर घाइते भएका छन् । उनको टाउकोमा…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला
३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै शान्तिनगर गाउँपालिका-२ का ३५ वर्षीय रेउले घर्तीलाई जिल्ला अदालतले पाँच वर्षकैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले वैशाख २१ गते घर्तीलाई पाँच वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । पीडित महिलालाई बलात्कार र…
बलात्कार गरेको आरोपमा गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । अभिभावकको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय…
प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट वैशाख २१ गते गिरफ्तार गरेको छ । सदरमुकाम गुलरिया स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलबहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन…