बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला घर भई अर्घाखाँची सन्धिखर्क-१ बस्ने ४१ वर्षीय अनावर सदा मियाँलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत वैशाख २९ गते बलात्कार गरी बन्धकसमेत बनाएको भन्ने सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका…

निगरानी समूहलाई निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

पाल्पाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भरतमणि खनालले मानव अधिकार निगरानी समूहलाई स्थानीय तहको निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न आग्रह गरेका छन् । मानव अधिकार निगरानी समूह पाल्पाले जेठ ३ गते गरेको अर्न्तक्रियाका क्रममा खनालले पाल्पामा निर्वाचनको तयारी भइरहेको बताए । उनले जेठको दोस्रो साता बाट नगरपालिका र गाउँपालिकामा समेत…

May 17, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-५ का ३३ वर्षीय करम वसिनलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित काईरा खातुनले आफू घरमा हुँदाहुँदै सोही ठाउँकी १९ वर्षीया फातिमा फातुनसँग अर्को विवाह गरेको भनी पीडित महिलाले जेठ १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

May 16, 2017  
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

राजापुर नपा-१० स्थित वडा कार्यालयमा वैशाख ३० गते राति अज्ञात समूहद्वारा आगजनी गरेको राजापुर नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालय खैरीचन्दनपुरमा मोटरसाइकलमा आएका अज्ञात समूहले रातिको समयमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको हो । आगजनीबाट कार्यालयको प्रशासन फाँटमा रहेका कागजपत्र जलेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी…

May 15, 2017  
वडा कार्यालयको आर्थिक सहयोगमा निगरानी समूहद्वारा विद्यालयलाई 'प्याड' सहयोग

इन्सेकको पहलमा गठित चापपानी मानव अधिकार निगरानी समूहले बगनासकाली गाउँपालिका-९ तथा साविकको चापपानी गाविसको आर्थिक सहयोगमा गाविसका ३ वटा बिद्यालयमा सेनेटरी प्याड प्रदान गरेको छ । चन्द्र माध्यमिक विद्यालय, कालिका आधारभूत बिद्यालय र बसन्त आधारभूत बिद्यालयमा प्याड वितरण गरेको छ । निगरानी समूहका संयोजक रणप्रताप खाँणले चन्द्रलाई ३० थान, कालिकालाई…

May 14, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्तालाई वैशाख ३० गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा ३५ वर्षीय दिपक पौडेल रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । यसैबीच निर्वाचनलाई बिथोल्दै हिडेको आरोपमा प्रहरीले वैशाख २९ गते साँझ पनि बुटवलबाट…

May 14, 2017  
बन्दले जिल्लाको जनजीवन प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । बिहानै देखि जिल्ला भित्रने र बाहिरीने कुनै सवारी साधन नचलेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेम श्रेष्ठले बताए । जिल्लाको क्षेत्र पूर्णरूपमा बन्द भएको छ ।…

May 13, 2017  
नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध गर्नुका साथै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते नेपाल कम्युनिष्ट पार्टीको ५ नम्बर क्षेत्रका क्षेत्र इन्चार्ज खुमानसिहं परियार, जिल्ला सदस्य राजेन्द्र प्रसाद शाह, वडा समिति सदस्य नन्दलाल पुरी र…

May 13, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

देवचुली नपा-२ घर भई सि.जि. कम्पनी दिव्यपुरीमा कार्यरत नेपाल क्रान्तिकारी औद्योगिक मजदुर यूनियनका अध्यक्ष महेश आचार्यलाई वैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको छ । स्थानीय निर्वाचन विरोधी गतिविधि गर्न सक्ने आशंकामा आचार्यलाई गिरफ्तार गरि हिरासतमा राखिएका आचार्यलाई मतगणनाको लगत्तै रिहा गर्ने जानकारी जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्वको तयारी सम्बन्धमा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन गरेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत टङ्क खनालको नेतृत्वमा रहेको टोलीले सुरक्षाको आधारमा सम्वेदनशील मानिएका सानोभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका पाँच ओटा मतदान स्थलको अनुगमन गरेको हो ।…