बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया र २४ वर्षीया दुई जना युवतीलाई पुस १६ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सुर्खेतका ४३ वर्षीय निरज गुरुङ र ३१ वर्षीय मनोज गिरीलाई पुस १६ गते गिरफ्तार गरेको छ । नेपालगञ्जको सुर्खेतरोडस्थित होटल सिग्नेटमाबाट पीडितले फोन गरेर घटनाका बारेमा जानकारी गराएपछि गिरफ्तार गरी अनुंसन्धान अघि बढाएको…

January 1, 2018  
सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको अयोजनामा पुस १६ गते सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेलले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार मौलिक हक अन्तर्गत पर्ने भएकाले स्थानीय तहका प्रमुखहरूले योजना बनाउँदा प्राथमिकता दिनु पर्ने बताए । इन्सेक नेपालगञ्जका…

December 31, 2017  
मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिन्छः प्रजिअ केसी

मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १४ गते आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा केसीले उक्त कुरा बताएका हुन् । प्रजिअ केसीले मानव अधिकारको अवस्था हेरेर विकासको अवस्था चित्रण गर्न सकिने…

December 29, 2017  
बेचबिखन हुनसक्ने आशङ्कामा पाँचजना बालकको उद्धार

नौ वर्षीय एक जना, ११ वर्षीय दुई जना, १२ र १४ वर्षीय एक/एक जना गरी पाँच जना बालकहरूलाई प्रहरीले बुटवलको बेलबासबाट पुस १० गते राति उद्धार गरेको छ । बालकहरूलाई पालनपोषण गर्ने र राम्रो शिक्षा दिक्षा दिने प्रलोभन देखाएर ल्याएको भएपनि आरोपितले बेचबिखनको लागि लैजान लागेको आशङ्कामा उद्धार गरिएको प्रहरीको…

December 27, 2017  
शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ

बुद्धभुमि नगरपालिका भित्र रहेका सरकारी निकायले सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे, नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम पुस ११ गते बुद्धभुमि नपामा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तु तथा मानव अधिकार निगरानि समिति बुद्धभुमिले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा नागरिकहरूले नगरपालिका तथा शाखाहरूबाट दिइने सेवाहरू पारदर्शी तथा…

December 27, 2017  
पतिले हात भाँचिने गरि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

सन्धिखर्क नगरपालिका-१२ की २८ वर्षीया गीता मुखियाले दायाँ हात भाँचिने गरि कुटपिट गरेको आरोपमा ३८ वर्षीय पति रामबहादुर मुखियाविरूद्ध इन्सेकको सहयोगमा पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले बारम्बार मादक पदार्थ सेवन गरी कुटपिट गर्ने तथा घर निकाल गर्ने गरेको पीडित महिलाले बताइन् । 'पुस ९…

December 26, 2017  
पेन्सिल तिखार्न नसकेको आरोपमा छात्रामाथि कुटपिट

नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कक्षा कोठामा आक्रोशित भएर आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई/तीन पटकसम्म प्रयास गर्दा नसकेपछि गालामा…

December 26, 2017  
पत्नीको हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिला घर नजिकै कुलोमा कपडा धोइरहेको अवस्थामा आरोपितले लुकेर धारिलो हतियार प्रहार गर्दा गर्दन र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ…

December 24, 2017  
बन्दी गृह निर्माणको ढिलाइले पुरूष बन्दी जोखिममा

पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् । २०७२ साल वैशाखको भुकम्पका कारण भत्किएका दुई ओटा भवनको सामान्य मर्मत गरी बन्दीहरूलाई सोही भवनमा राखिएको छ । अन्य भवनहरू समेत निकै जीर्ण भएकोले…

December 22, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनामा संलग्न रहेको भनिएका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । पुस ३ गते साँझ बलात्कार भएको भन्दै प्रहरीमा खबर…

December 21, 2017