बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ का २८ वर्षीय जगलाल केवटलाई आरोपितको घरबाटै साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भनी पीडितले सोही दिन इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

२०७५ श्रावण १९, शनिबार ०४:३९ गते  
इजलास कक्षको अभावमा न्याय सम्पादनमा कठिनाई भएको न्यायिक समितिको गुनासो

स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजालस कक्ष अभावमा न्याय सम्पादनमा कठिनाई हुने गरेको बाँकेका न्यायिक समितिले गुनासो गरेका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै कोठा नहुँदा न्याय सम्पादनमा कठिनाई भएको गुनासो आएको हो । नेपालगञ्ज उपमहानगरपालिकामा इजलास कक्षको व्यवस्था रहेको…

२०७५ श्रावण १८, शुक्रबार २०:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पञ्हरीले गङ्गादेव गाउँपालिका–५ फुलवासका ५२ वर्षीय असे घर्तीलाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १४ गते प्रहरी चौकी जिनाबाङमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रेउघामा साउन…

२०७५ श्रावण १८, शुक्रबार १९:१० गते  
अज्ञात पक्षले आमाछोरीको अपहरण, ३२ लाख रुपियाँको माग

राप्ती सोनारी गाउँपालिका-२ मदुईकी २९ वर्षीया यशोदा डाँगी र उनकी आठ वर्षीया छोरी स्मृती डाँगीलाई अज्ञात पक्षले साउन १६ गते राति अपहरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ  । यशोदाका ३५ वर्षीय पति लोकेन्द्र डाँगीलाई खोज्दै आएका 'अपहरणकारी'ले लोकेन्द्रलाई नभेटेपछि उनको पत्नी र छोरीलाई अपहरण गरेको इलाका प्रहरी कार्यालय…

२०७५ श्रावण १७, बिहीबार १४:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ का २६ वर्षीय राजकुमार चौधरीलाई साउन १५ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा…

२०७५ श्रावण १७, बिहीबार ०९:४५ गते  
कर्मचारी अभावमा लमही अस्पतालको स्वास्थ्य सेवा दुई हप्तादेखि अवरुद्ध

नौ जना कर्मचारीको करार अवधि थप नभएपछि दाङको लमही अस्पतालमा अत्यावश्यकीय स्वास्थ्य सेवा दुई हप्तादेखि अवरूद्ध भएको छ । करार सकिएका कर्मचारी आउन छोडेपछि लमही अस्पतालको एक्स-रे, इसिजी, एम्बुलेन्स र शवबहान सेवा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विमलेशकुमार गुप्ताले जानकारी दिए । एक्स-रे र इसिजीका सचेत भण्डारी, अहेव विष्णु शर्मा…

२०७५ श्रावण १५, मंगलवार १६:४० गते  
समयमा सूचना नपाउँदा राहत पाउनबाट वञ्चित भएको द्वन्द्व पीडितको गुनासो

समयमै सूचना नपाउँदा राहत पाउनबाट वञ्चित हुनु परेको दाङका द्वन्द्व पीडितले गुनासो गरेका छन् । साउन १४ गते राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेकी लमही नपा-१ की ४५ वर्षीय गोमा अधिकारीले समयमै सूचना नपाएर राहतबाट वञ्चित भएको गुनासो गरेकी हुन् । उनी सशस्त्र द्वन्द्वको समयमा माओवादी पक्षबाट विस्थापित भएकी थिइन्…

२०७५ श्रावण १५, मंगलवार १४:२७ गते  
गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार

रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार भएको छ । साउन १२ गते बेलुकी सिस्ने गाउँपालिका–८ को वडा कार्यालयमा विद्युको विषयमा छलफल भइरहेका बेला आफूहरूमाथि हमला भएको…

२०७५ श्रावण १३, आईतवार २१:१४ गते  
स्मारक बनाउन माग गर्दै द्वन्द्वपीडितले गाडे व्यानर

घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरूले सामूहिक हत्याकाण्डका मृतकहरूको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन् । साउन ११ गते घटनास्थलमा जम्मा भएका पीडितहरूले पटक–पटक आग्रह गर्दा पनि स्थानीय प्रशासन, उपमहानगरपालिका, राजनीतिक दल र जग्गाधनीसमेतले बेवास्ता गरेको भन्दै आफन्त मारिएको ठाउँमा ऐतिहासिक घटनास्थल संरक्षण गर्न घटना मिति उल्लेखित व्यानर गाडेको…

२०७५ श्रावण १२, शनिबार २१:३६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–९ का ३७ वर्षीय तेजबहादुर बस्नेतलाई साउन ११ गते गिरफ्तार गरेको छ । सुस्तमनस्थितिकी बालिकालाई घरमा कोही नभएको अवस्थामा आरोपितले साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र…

२०७५ श्रावण १२, शनिबार ११:४१ गते