परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक भदौ ११ गते घोराहीमा सम्पन्न भयो । परियोजना सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । समितिका संयोजक नेपालीले परियोजनालाई परिणाममूखी…

August 28, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा जिशिअमाथि अमानवीय व्यवहार

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यालयको सभा कक्षमा बैठकमा सहभागी रहेको अवस्थामा भदौ १२ गते नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रा.) का कार्यकर्ताले मोसो दलेर अमानवीय व्यवहार गरेका छन् । जिशिअ पौडेलले जिल्लाका विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजार रुपियाँसम्म घुस लिएको आरोपमा कालो मोसो…

August 28, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा शितगङ्गा नपा-५ का ३३ वर्षीय भिमलाल भुसाल र सोही ठाउँकी २६ वर्षीया चेतकला भुसाललाई प्रहरीले भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित महिला देवकला भुसालले आरोपितद्वयले बहुविवाह गरेको आरोपमा कारबाहीको माग गर्दै भदौ ५ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

August 24, 2017  
औषधि अभाव हुँदा बिरामी मर्कामा

रोल्पा जिल्ला अस्पताललगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने भनिएका औषधि पनि स्वास्थ्य संस्थामा छैनन् । केही दिन यता जिल्ला अस्पताललगायत प्रायः सबै स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको चाप छ । तर, जिल्ला अस्पतालमा नै ज्वरो आएका बिरामीलाई खुवाइने सिटामोलसमेत छैन । बिरामी हुनेमा बालबालिकाको…

August 22, 2017  
हेल्मेट नलगाएको आरोपमा प्रहरीले कुटपिट गरेको आरोप

गुलरिया नपा -१ सघाहापुरका २७ वर्षीय दिनेश यादवलाई इलाका प्रहरी कार्यालय गुलरिया नपा-१० स्थित चौकीका प्रहरी हवल्दार टेकबहादुर चन्दले भदौ ६ गत निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । स्थानीय शर्वजित यादवका अनुसार दिनेश बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने…

August 22, 2017  
बाढी पीडितका समस्या समाधान गर्न अधिकारकर्मीद्वारा प्रजिअको ध्यानाकर्षण

बाढी पीडितको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरी फर्केको अधिकारकर्मीको टोलीले भदौ १ गते प्रमुख जिल्ला अधिकारी समक्ष बाढी पीडितका समस्या तत्काल समाधानका लागि ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मानव अधिकार सञ्जाल र पत्रकार समेतको टोलीले साउन ३२ गते संयुक्त अनुगमन गरी तयार पारेको संक्षिप्त प्रतिवेदनका आधारमा…

August 17, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१४ का २४ वर्षीय तिलक डाँगीलाई साउन ३२ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न सोही ठाउँका २३ वर्षीय सुनील बस्नेत भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित पक्षले साउन २९ गते प्रहरी चौकी…

August 16, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा साउन ३०…

August 16, 2017  
ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा दलितमाथि निर्घात कुटपिट

मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन ३० गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । घाइते टोमटाको उपचार जिल्ला अस्पताल तम्घासमा हुन नसकेपछि साउन ३१ गते लुम्विनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको स्थानीय श्रीराम…

August 16, 2017  
मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । कार्यक्रममा दाङ, बाँके र बर्दियाका बाढी पीडितहरूको अवस्था, उद्धारको अवस्थाका बारेमा…

August 15, 2017