बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा शितगङ्गा नपा-५ का ३३ वर्षीय भिमलाल भुसाल र सोही ठाउँकी २६ वर्षीया चेतकला भुसाललाई प्रहरीले भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित महिला देवकला भुसालले आरोपितद्वयले बहुविवाह गरेको आरोपमा कारबाहीको माग गर्दै भदौ ५ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

August 24, 2017  
औषधि अभाव हुँदा बिरामी मर्कामा

रोल्पा जिल्ला अस्पताललगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने भनिएका औषधि पनि स्वास्थ्य संस्थामा छैनन् । केही दिन यता जिल्ला अस्पताललगायत प्रायः सबै स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको चाप छ । तर, जिल्ला अस्पतालमा नै ज्वरो आएका बिरामीलाई खुवाइने सिटामोलसमेत छैन । बिरामी हुनेमा बालबालिकाको…

August 22, 2017  
हेल्मेट नलगाएको आरोपमा प्रहरीले कुटपिट गरेको आरोप

गुलरिया नपा -१ सघाहापुरका २७ वर्षीय दिनेश यादवलाई इलाका प्रहरी कार्यालय गुलरिया नपा-१० स्थित चौकीका प्रहरी हवल्दार टेकबहादुर चन्दले भदौ ६ गत निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । स्थानीय शर्वजित यादवका अनुसार दिनेश बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने…

August 22, 2017  
बाढी पीडितका समस्या समाधान गर्न अधिकारकर्मीद्वारा प्रजिअको ध्यानाकर्षण

बाढी पीडितको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरी फर्केको अधिकारकर्मीको टोलीले भदौ १ गते प्रमुख जिल्ला अधिकारी समक्ष बाढी पीडितका समस्या तत्काल समाधानका लागि ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मानव अधिकार सञ्जाल र पत्रकार समेतको टोलीले साउन ३२ गते संयुक्त अनुगमन गरी तयार पारेको संक्षिप्त प्रतिवेदनका आधारमा…

August 17, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१४ का २४ वर्षीय तिलक डाँगीलाई साउन ३२ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न सोही ठाउँका २३ वर्षीय सुनील बस्नेत भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित पक्षले साउन २९ गते प्रहरी चौकी…

August 16, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा साउन ३०…

August 16, 2017  
ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा दलितमाथि निर्घात कुटपिट

मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन ३० गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । घाइते टोमटाको उपचार जिल्ला अस्पताल तम्घासमा हुन नसकेपछि साउन ३१ गते लुम्विनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको स्थानीय श्रीराम…

August 16, 2017  
मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । कार्यक्रममा दाङ, बाँके र बर्दियाका बाढी पीडितहरूको अवस्था, उद्धारको अवस्थाका बारेमा…

August 15, 2017  
विद्यार्थीबिचको विवादका कारण शिक्षकमाथि कुटपिट

मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक लिम्बुलाई सोही ठाउँका ३० वर्षीय राजेन्द्र राना कुमालले कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट पीडित शिक्षकको आँखाको मुनीको भाग,…

August 15, 2017  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र जिल्ला महाराजगञ्ज थाना पर्सा मल्लीग्राम मर्यादपुर भारतका २७ वर्षीय मोहमद आलमलाई साउन २९ गते छिपागढ नाकाबाट गिरफ्तार गरेको छ ।…

August 15, 2017