इन्सेकद्वारा तुलसीपुर बम काण्डको स्थलगत अनुगमन, पीडित परिवार तथा सरोकारवालासँग भेटघाट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले तुलसीपुरमा भएको बम विष्फोटको घटनाको मङ्सिर १५ गते स्थलगत अनुगमन गरेको छ । क्षेत्रीय प्रमुख भोला महतको नेतृत्वमा आएको टोलीले मङ्सिर १२ गते तुलसीपुरमा भएको बम विष्फोटको घटनाका पीडित एवम् सरोकारवालाहरूलाई भेटघाट गरेको हो । अनुगमन टोलीमा इन्सेक क्षेत्रीय प्रमुख भोला महत,…

December 1, 2017  
रूकुमका दुई ओटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले पुनःमतदान सुरू

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते बिहान ७ बजेदेखि शान्तिपूर्ण ढङ्गले पुनःमतदान सुरू भएको छ । बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई ओटा मतदान केन्द्रमा मङ्सिर १० गते भएको मतदानको क्रममा मतपेटिकामा एसिड हालेर आगो लागेपछि मतदान स्थगित भएको थियो…

December 1, 2017  
चुनावमा काङ्ग्रेसको प्रतिनिधि बसेको भन्दै माओवादीले साङ्घातिक आक्रमण गरेको आरोप

नेपाल विद्यार्थी सङ्घ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका - ६ गजुल निवासी २३ वर्षीय बिस्णु केसी मङ्सिर १० गते सम्पन्न निर्वाचनमा काङ्ग्रेसको प्रतिनिधि बनेर बुथ कब्जा गर्न नदिएको भन्दै १२ गते माओवादी कार्यकर्ताहरूले हतियार सहित घरमै गएर आक्रमण गरेको नेपाल विद्यार्थी सङ्घ रोल्पाले आरोप लगाएको छ । उक्त समूहले घरेलु हतियारले…

November 30, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-२ तेनुहवाका २२ वर्षीय शैलेश यादवलाई मङ्सिर १३ गते सिनपा-९ बाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भनी पीडितले मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३…

November 29, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडित महिलाको उद्धार

२१ वर्षीया दुई जना, १९, वर्षीया, २४ वर्षीया, २५ वर्षीया र २६ वर्षीया ६ जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा केआई नेपाल र माइती नेपालको सहयोगमा रूपन्देही प्रहरीले बेलहिया नाकाबाट मङ्सिर १२ गते उद्दार गरेको छ । आरोपितले पीडित महिलाहरूलाई प्रलोभन देखाएर…

November 29, 2017  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, ६ जना घाइते

प्रदेश नं ४ अन्तर्गत नवलपुरको मध्यविन्दु नपा-१, बरुवामा मङ्सिर १२ गते राति एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच भएको झडपमा दुवै तर्फका तीन/तीन जना घाइते भएका छन् । नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महतले नेकपा एमालेका कार्यकर्ताहरू श्याम भुर्तेल, श्याम पौडेल र नारायण…

स्थगित भएका दुई केन्द्रमा मङ्सिर १५ गते पुनःमतदान हुने

मतपेटिकामा एसिड हालेर आगो लागेपछि स्थगित भएका रूकुम (पश्चिम) का दुई केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ । मङ्सिर १० गतेको निर्वाचनमा बाँफिकोट गाउँपालिका-५ को रत्न आधारभुत विद्यालयको (क) मतदान केन्द्रको प्रतिनिधिसभा तर्फको मतपेटिकामा पनि एसिड हालिएको थियो । यस्तै आठविसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैनाको…

November 29, 2017  
आचारसंहिता उल्लङ्घनको आरोपमा उजुरी

स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको राससले जनाएको छ । आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका…

November 29, 2017  
बम विष्फोटनमा घाइते म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु

चुनावी सभाको सुरक्षार्थ खटिएका बेला भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मङ्सिर १३ गते मृत्यु भएको छ । मङ्सिर १२ गते नेपाली काङ्ग्रेसले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई लक्षित गरी अज्ञात समूहले विरेन्द्र चोक नजिकै राखेको…

November 29, 2017  
चुनावीसभा नजिकै बम विष्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते, चारजना नेपालगञ्ज रिफर

चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । नेपाली काङ्ग्रेस दाङले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई दिउँसो ४ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिरहेकै बेला करिब ५ सय मिटर पर अज्ञात समूहले बम विष्फोट गराएको थियो ।…

November 28, 2017