अर्घाखाँचीमा पुनः मतदान शान्तिपूर्ण

सन्धिखर्क नपा-५ को मधुरा मावि नेटामाको 'क' र 'ख' केन्द्रमा मङ्सिर २१ गते स्थगित भएको मतदान कार्य मङ्सिर २३ गते पुनः शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मङ्सिर २१ गते मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदाताले मतदान गरेको भन्दै मतदातले मतपेटिका र मतपत्र च्यातेपछि मतदान स्थगित गरिएको थियो । क…

December 10, 2017  
स्थगित भएको मतदान केन्द्रमा भोलि पुनः मतदान हुने

सन्धिखर्क नगरपालिका-५ मधुरा मावि नेटामा स्थगित भएको 'क' र 'ख' मतदान केन्द्रको पुनः मतदान मङ्सिर २३ गते हुने भएको छ । मङ्सिर २२ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार भोलि बिहान ७ बजे देखि ५ बजेसम्म निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गरी जानकारी गराएको छ । मङ्सिर…

December 8, 2017  
निर्वाचन साक्षरता प्रभावकारी भएन: पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द प्रसाद शर्मा पौडेलले निर्वाचन शिक्षा प्रभावकारी नभएको बताएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको अनुगमनका क्रममा मङ्सिर २० गते रुपन्देहीमा आएका पौडेलले मानव अधिकारकर्मी, पत्रकार र पर्यवेक्षकहरुसँग सो कुरा बताएका हुन् । उनले निर्वाचनमा ५२ वटा संस्थाका ४२ हजार बढी पर्यवेक्षकहरुले…

December 6, 2017  
काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट वडा सदस्य घाइते

गुलरिया नपा–८ थपुवामा मङ्सिर २० गते काङ्ग्रेस कार्यकर्ताको  कुटपिटबाट निर्वाचित वडा सदस्य ३० वर्षीय जगतराम थारु घाइते भएका छन् । घरमै बसेका थारुलाई दिउँसो ३ बजे तिर सोही ठाउँका ४० वर्षीय कुष्णमुरारी थारुले माओवादी–एमाले किन भएको भन्दै कुटिपिट गरेको घाइतेका परिवारले बताए । घाइतेको  जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ…

December 6, 2017  
मगरबस्तीमा अवधि भाषाका प्रचार सामग्री पुगेपछि मतदाता अन्यौलमा

घोराही उपमनपा–४ सवारीकोटस्थित प्रावि सवारीकोटमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेपछि स्थानीय मतदाता अन्यौलमा परेका छन् । २ सय ५० घरधुरी रहेको मगर जातिको बस्तीमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेको स्थानीय रविलाल घर्तीले बताए । उनले मगर बाहुल्यता रहेको बस्तीमा मैथली भाषाका मतदानकालागि प्रचार सामग्री ल्याउँदा आफूहरू अन्यौलमा परेको…

December 6, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई विद्यार्थी नेता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य २८ वर्षीय हेमन्त जिसी र जिल्ला सचिव २० वर्षीय अमर खडकालाई प्रहरीले मङ्सिर १८ गते राति गिरफ्तार गरेको छ । तुल्सीपुर उमनपास्थित घोराहीमा डेरा गरी बसेका दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको अनेरास्ववियु (क्रा.) दाङले जनाएको छ…

December 5, 2017  
निर्वाचन र मानव अधिकार अनुगमनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भमा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सदरमुकाम तानसेनमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पा र नेपाल नागरिक समाजको समन्वयमा भएको कार्यक्रममा पाल्पा जिल्लाका मुख्य निर्वाचन…

December 5, 2017  
निर्वाचन पर्यवेक्षकका लागि अभिमूखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा मङ्सिर १९ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पर्यवेक्षणमा खटिने पर्यवेक्षकका लागि अभिमूखीकरण कार्यक्रम गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका, निर्वाचन आचारसंहिता तथा पर्यवेक्षकहरूले गर्नु पर्ने कामका र पालना गर्नुपर्ने नियमका बारेमा सहजीकरण…

December 5, 2017  
बाँकेका ३५ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति बाँकेले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार जिल्लाका १ सय १ मतदान केन्द्र सम्वेदनशील र १ सय ९१ मतदान केन्द्र सामान्य रहेका छन् । बाँके जिल्लामा ३ सय २७ मतदान केन्द्र र १…

December 5, 2017  
पाल्पामा १८ ओटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पा जिल्लामा १८ ओटा मतदान स्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । बाँकी ४० मतदानस्थल सम्वेदनशील र ६० मतदानस्थल समान्य स्थलमा सूचीकृत गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । पाल्पा जिल्लामा १ सय १८ मतदानस्थल र २…

December 4, 2017