दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको आयोजना तथा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ २७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालगञ्ज उपमनपाका निबर्तमान उपप्रमुख उमा थापाले नेपालगञ्ज उपमनपाले नगरको दिगो विकासका लागि गुणस्तरीय शिक्षा, लैगिंङक समानता , मर्यादित रोजगार, शहरी विकास…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१२ का २६ वर्षीय राजु बिकलाई तानसेन चण्डीभञ्ज्याङबाट जेठ २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २६ गते बिहान तानसेन चण्डीभञ्ज्याङको जंगलमा बलात्कार प्रयास गरेको भन्दै जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बरिष्ठ सइ मोतिबहादुर खड्काले बताउनु…
लुम्बिनी प्रदेश कार्यालयद्धारा इएलपी कार्यक्रम अनुगमन
बढैयाताल गाउँपालिकामा तीन वर्ष देखि सञ्चालनमा रहेको स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रमको इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जेठ २५ गते अनुगमन गरेको छ । बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकामा बिगत तीन वर्ष देखि शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा कार्यक्रम गर्दै आएको छ । अनुगमन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र विकलाई जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
इन्सेक सम्मिलित अधिकारकर्मीद्वारा बर्दिया घटनाको अनुगमन
मुधवन नगरपालिका– २ ओराली बजारमा जेठ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएको घटनाका सम्बन्धमा इन्सेक सम्मिलित मानव अधिकारकर्मीको टोलीले जेठ २५ गते घटनास्थलको अनुगमन गरेको छ । उक्त घटनामा सोही ठाँउकी २० वर्षीय नविना थारू मृत्यु भएको थियो भने २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका थिए । अनुगमन टोलीले…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ३१ वर्षीय विष्णु यादवलाई जिल्ला प्रहरी कार्यालय दाङले जेठ २५ गते गिरफ्तार गरेको छ । पीठिडतलाई आरोपितले विवाहको प्रलोभन देखाएर जेठ ३ गते भारतको पानीपथ हरियाणा लगेर जेठ १४ गतेसम्म कोठामा बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । पीडित…
शिशु हत्या घटनाका आरोपित गिरफ्तार
१६ दिने शिशु हत्या घटनाको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले १५ वर्षीया आमालाई जेठ २५ गते गिरफ्तार गरेको छ । अविवाहित बालिकाले अवैध सम्बन्धका कारण जेठ ९ गते माइतिमा शिशु जन्माएको र शिशुले दूध नखाएको, रोएको भन्दै जेठ २५ गते घरको शौचालयको सेप्टी ट्याङ्कीमा फालेर हत्या गरेको आरोपितले स्वीकार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लुम्बिनी सांस्कृतिक नपा–२ भरथापुरका २५ वर्षीय शिवकुमार लोध विरुद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले जेठ २३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षको उजुरी आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु…
रोल्पा कारगारमा कैदी मृत्यु प्रकरण– अनुसन्धान अभियोजनदेखि कारगार प्रशासनबाट गम्भीर लापरवाही भएको निष्कर्ष
रोल्पा कारगारमा मृत्यु भएका सुन्दर हरिजन घटनाका सम्बन्धमा अनुसन्धान, अभियोजनदेखि कारगार प्रशासनको गम्भीर लापरवाही गरेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । इन्सेक, एडभोकसी फोरम, उच्च अदालत बार एशोसिएशन, नेपालगञ्ज एफडब्लुएलडिद्वारा स्थलगत अनुगमन पश्चात जेठ २४ गते पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्बजनिक गरिएको छ । अपराध अनुसन्धान र अभियोजन…
बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला
७२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले जेठ २३ गते प्यूठान नगरपालिका– ३ का ५२ वर्षीय हुकुमबहादुर खडकालाई १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १२ वर्ष ६ महिना कैद, ३ लाख रूपियाँ पीडितलाई भराउने र २५ हजार रूपियाँ…