जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

राजपुर गाविस-३ चौरीका ५१ वर्षीय सन्तबहादुर सुनार, २५ वर्षीया बुहारी सुष्मा सुनार र १६ वर्षीया छोरी अन्जना सुनारलाई माघ २७ गते छुवाछुत गरेको आरोपमा सोही गाविस-३ का ३३ वर्षीय चुमान सिंह जिसीले कुटपिट तथा गालिगलौज गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा फागुन ५ गते उजुरी दिएको छ ।…

February 17, 2017  
बेचविखन घटनाका आरोपित गिरफ्तार

मोरङकी २७ वर्षीया, सुनसरीकी ३४ र २० वर्षीया, नवलपरासीकी ३१ वर्षीया, काठमाडौँकी ३० र ३५ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा फागुन ४ गते माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट उद्धार गरेको छ । घटनाका आरोपित मोरङ, डाँगीहाँट गाविस-५ की ३७…

February 17, 2017  
जिल्ला स्तरीय निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाललाई जिल्ला तहका सरोकारवाला निकायसमक्ष समन्वय गर्ने उद्देश्यले फागुन ५ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन भएको छ । अधिवक्ता बसन्त गौतमको संयोजकत्वमा १३ सदस्य जिल्ला स्तरीय निगरानी समूह गठन भएको इन्सेक नेपालगञ्जले जनाएको छ । समितिका अन्य…

February 17, 2017  
लक्षित समूहको बजेट उपलब्धिहीन !

'अहिले खाए भरे के खाने ? विपन्न परिवारमा त्यसकै चिन्ता छ ।'-तोलादी प्रावि वडागाउँका शिक्षक अर्जुन परियारले भने- 'दलितको घरमा लुते पाठी बाँधिदिएर उनीहरूको चेतना र आर्थिक समृद्धि कसरी हुन्छ ?' 'गाउँमा अनुगमन र नियमन गर्ने कसले ?'-परियारले सामाजिक परीक्षण आम भेलामा गाविसका सरोकारवालालाई प्रश्न गर्दै भने 'योजनाको सही छनौट…

February 16, 2017  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर नपा-६ का २५ वर्षीय सोनु विकलाई जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले फागुन ४ गते विकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई विकले ०७३ असोज १३ गते…

February 15, 2017  
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

सुर्यपुरा गाविस-७ की ५८ वर्षीया मालती केवटलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँका ५० वर्षीय रामनयन लोध र ३५ वर्षीय विनोद लोधलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले माघ २९ गते 'ए बोक्सी तैँले मेरो बुहारीलाई मर्नु न बाँच्नु गराइस' भन्दै कुटपिट गरेको…

February 15, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक रोगबाट पीडित २३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुलवारी-२ का २८ वर्षीय शालिकराम परियारलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २९ गते प्रहरी चौकी दमारगाउँमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका…

February 15, 2017  
६ वर्षीया बालिकाको शव फेला

शिवराज नपा-१० की ६ वर्षीया सीता अधिकारीको शव फागुन ३ गते चन्द्रौटा बजार नजिकैको खोलामा फेला परेको प्रहरीले जनाएको छ । घरमा खेलीरहेकी बालिका ०७३ फागुन २ गते साँझदेखि एकाएक हराएपछि उनका आफन्त र प्रहरीले खोजी गरेको थियो । घटनाको प्रकृति हेर्दा बालिकाको हत्या बलत्कारपछि गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय…

February 14, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

तनहुँकी ३५ वर्षीया र मकवानपुरकी ३८ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट फागुन २ गते चितवन शुक्रनगर-९ की ३५ वर्षीया टीकादेवी पुडासैनीलाई गिरफ्तार गरेको छ । पीडित दुवै जना महिलालाई उद्धार गरिएको जिल्ला…

February 14, 2017  
बलात्कार गरेको कसुरमा २० वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै पीडित बालिकाका ३८ वर्षीय बावुलाई जिल्ला अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले फागुन १ गते छोरीलाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै २० वर्षकैद र ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार गम्भीर…

February 12, 2017