यौन दुर्व्यवहार घटनाका आरोपितको घरमा आगजनी

११ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले हर्दौना गाविस-१ का २० वर्षीय सरदाम पठानको घरमा आगजनी गरेका छन् । पीडित बालिकालाई फागुन १२ गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै आक्रोशित आफन्त र गाउँलेले दिउँसो तीन बजेतिर आरोपितको घरमा आगजनी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले घटनास्थलको…

February 23, 2017  
बालिका बेचबिखन घटनाका आरोपित गिरफ्तार

बेचबिखन गर्ने उद्देश्यले भारततिर लैजाँदै गरेको अवस्थामा रुपन्देहीस्थित सहायक नाकाबाट प्रहरीले फागुन १० गते चारजना बालिकाको उद्दार गर्नुका साथै उक्त घटनाका आरोपित चितवन भण्डारा-१ घर भई हाल काठमाडौँ सुन्दरीजलका ३५ वर्षीया शान्ति परियारलाई गिरफ्तार गरेको छ । सिन्धुपाल्चोकका १७ र १८ वर्षीया दिदीबहिनी र चितवन १५ र १६ वर्षीया दुई…

February 22, 2017  
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको आरोप

मुसिकोट नपा-६ का १३ वर्षीय अशोक शर्मालाई कक्षा कोठामा ढिला आएको आरोपमा फागुन ९ गते यमुनानन्द मावि सेरीगाउँका १९ वर्षीय शिक्षक देवबहादुर बुढाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कान, मुख र टाउकोमा गम्भीर चोट लागेका घाइतेको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिएको र थप उपचारका लागि फागुन ९…

February 21, 2017  
समुदायलाई आफ्नो कर्तव्यप्रति पनि जिम्मेवार बनाउन सरोकारवालाको सुझाव

इन्सेकद्वारा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही  बनाउने' कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई कर्तव्यप्रति जिम्मेवार बनाउनतर्फकेन्द्रित हुन सरोकारवालाले सुझाव दिएका छन् । जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा स्थानीय विकास अधिकारी तेजराज पौडेलले स्थानीय तहमा समस्या धेरै नै भएको तर अधिकांश समस्या जिम्मेवार निकाय…

February 21, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्याल्य पिपरामा पीडित बालिकाका अभिभावकले उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय…

February 21, 2017  
आयोगद्वारा पाँचौ रणनीतिक योजनाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको पाँचौ रणनीतिक योजना (२०१५-२०२०) र वार्षिक कार्ययोजनाको प्रभावकारी विश्लेषणसम्बन्धी छलफल फागुन ९ गते बुटवलमा सम्पन्न भएको छ । अघिल्ला चारओटा कार्ययोजनाको तुलनामा पाँचौ कार्ययोजनाको कार्यक्षेत्र केही फराकिलो भएको राष्ट्रिय मानव अधिकार आयोगका नीति अनुसन्धान तथा योजना महाशाखाका प्रमुख डा. टीकाराम पोखरेलले बताए । मानव अधिकार उल्लङ्घनका…

February 21, 2017  
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही ठाँउकी ३० वर्षीया बासमाया गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका…

February 21, 2017  
गाविसको बजेटबाट मानव अधिकार निगरानी समूहको तालिम सम्पन्न

इन्सेकको पहलमा चापपानी गाविसमा गठित मानव अधिकार निगरानी समूहका पदाधिकारी सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका र वडा नागरिक मञ्चका संयोजकहरूका लागि आयोजित एक दिने मानव अधिकार प्रवर्धन प्रशिक्षण कार्यक्रम फागुन ९ गते सम्पन्न भएको छ । चापपानी गाविसले मानव अधिकार निगरानी समूहलाई आर्थिक वर्ष २०७३/०७४ बाट मानव अधिकार प्रवर्धनका लागि २०…

February 20, 2017  
बाल विवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले खडगकोट गाविस-४ का २१ वर्षीय पवन ढकाललाई फागुन ७ गते गिरफ्तार गरेको छ । प्रहरीले उनीसहित विवाह गराउन सहयोग गर्ने पर्वत देविस्थान गाविस-७ की ४५ वर्षीया सीता भुसाल, पर्वत शङ्करपोखरी गाविस-९ का ५२ वर्षीया सुशीला भुसाल, देविस्थान गाविस-२ का ४३ वर्षीय नारायण कडेललाईसमेत…

February 20, 2017  
तीनै तहको निर्वाचन घोषणाको माग गर्दै धर्ना

नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन ८ गते एक घण्टा धर्ना दिएका छन् । गुल्मी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज तथा प्रवर्धन समितिमा आवद्ध विभिन्न व्यक्तिहरूको सहभागितामा तम्घासको लाँकुरीमञ्चमा धर्ना दिइएको हो ।…

February 20, 2017