प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँग बैठक सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कायक्रम असार ३ गते देखि नेपालगञ्जमा सुरू भएको छ । कार्यक्रममा इन्सेकद्वारा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबिच जिल्लाको मानव अधिकारको समग्र अवस्थाका विषयमा समीक्षा गरिएको थियो ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–१२ का २२ वर्षीय अनिल जयसवाललाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भयो । आफु आरोपितको घरको छतमा कपडा…
बालिका र महिला कुटपिट घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन
तुलसीपुर उप–महानगरपालिका– ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी पत्नी २७ वर्षीया मीना भण्डारी बस्नेत र पाँच वर्षीया छोरी एन्जिला बस्नेतलाई लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले कुटपिट गरेको घटनाको छानविन गर्न असार १ गते तीन सदस्यीय छानविन समिती गठन गरेको छ । लुम्बिनी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ का ३९ वर्षीय बिष्णुबहादुर बिकलाई रिब्दीकोट गाउँपालिका– ६ तल्लोताल गाउँबाट जेठ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २३ गते रिब्दीकोट गाउँपालिका–२ सानोदमाकमा बलात्कार गरेको भन्दै पिीडितकी आमाले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनु भएको थियो…
महिला र बालिकामाथि कुटपिट गरेको आरोपमा राज्य मन्त्री वली गिरफ्तार
तुलसीपुर उप–महानगरपालिका–५ की २७ वर्षीया मिना बस्नेत र पाँच वर्षीया एन्जीला बस्नेतलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण राज्यमन्त्री तुलसीपुर उपमनपा–६ की ३१ वर्षीया बिमला वलीलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडितहरूको घरमा पुगेकी आरोपितले जेठ ३१ गते जबरजस्ती घरभित्र पसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ११ वर्षीय दुई जना बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई ११ वर्षीय तीन जना बालकले जेठ २५ गते विद्यालय जाने बेला यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । उजुरीका…
अपहरण तथा शरिर बन्धक घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ चैत २८ गतेदेखि ०७९ जेठ २९ गतेसम्म बर्दघाट नपा–१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला…
स्थानीय तह निर्वाचन–२०७९, पर्यवेक्षण तथा अनुभव आदान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा स्थानीय तह निर्वाचन– २०७९, पर्यवेक्षणको अनुभव आदान प्रदान कार्यक्रम जेठ ३० गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले स्थानीय निर्वाचन ०७९ अनुगमन तथा पर्यवेक्षण गर्दा प्राप्त सकारात्मक पक्ष, निर्वाचनका क्रममा मानव अधिकार तथा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय पतिलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दै सहमति बिना जेठ २५ गते बलात्कार गरेको भन्दै पीडितले जेठ २७ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय आफन्तलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको इन्स्पेक्टर मोहनजङ्ग बुढथापाले बताउनु भयो । घटनाको जनाकारी पाए लगत्तै घटना स्थल पुगेको प्रहरी टोलीले…