ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थवाङ गाउँपालिका–२, जाजरकोट छेर्लावाङ टोलका ७१ वर्षीया सारु रोकालाई हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले ०८१ भदौ २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिजय चापागाईंका अनुसार सामान्य विवादमा आरोपितले मदिरा सेवन गरेर भरुवा बन्दुकको कुन्डाले टाउकोमा हानेर हत्या गरेका थिए ।…

२०८१ भाद्र २५, मंगलवार १४:३९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २९ वर्षीय छोरालाई प्रहरीले ०८१ भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते रातको समयमा मुख थुनेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते प्रहरी चौकी, जुगारमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको…

२०८१ भाद्र १५, शनिबार ११:०८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा परिवर्तन गाउँपालिका–४, काफलबोटका ५८ वर्षीय डम्मरबहादुर पुनलाई प्रहरीले ०८१ भदौ १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते इलाका प्रहरी कार्यालय, घर्तिगाउँमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान…

२०८१ भाद्र १३, बिहीबार १०:४८ गते  
राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित

सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरमा रहेको श्री सूर्याेदय माध्यमिक विद्यालयमा राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । राजनीतिक विवादका कारण लामो समयसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा नयाँ शिक्षक नियुक्ति हुन नसकेको विद्यालयका प्रधानाध्यपक बेगम कवरले बताउनु भयो । विद्यालयमा माध्यमिक तह गणित विषयको शिक्षक…

२०८१ भाद्र ९, आईतवार १४:१८ गते  
नगरपालिकाले लिँदै आएको करविरुद्ध व्यवसायी आन्दोलितः लगातारको बन्दले जनजीवन कष्टकर (फोटो फिचर)

रोल्पा नगरपालिकाले गरेको कर वृद्धिको विरुद्धमा सङ्घर्ष, व्यवसायी, परामर्श समितिद्वारा ०८१ भदौ ६ गतेदेखि अनिश्चितकालका लागि बन्द हुँदा स्थानीयहरूको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित हुनुका साथै गरिखाने वर्गका मानिसलाई निकै सास्ती भएको छ । व्यवसायीहरूको बन्दले ढुवानी सेवा ठप्प भएपछि बजारमा उपभोग्य सामग्रीको मुल्य…

२०८१ भाद्र ८, शनिबार ०७:५५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका–६, अंमराइबोटका २४ वर्षीय दिपेन्द्र विकलाई प्रहरीले ०८१ साउन १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १९ गते इलाका प्रहरी कार्यालय, घर्तिगाउँमा उजुरी दिएको थियो । पीडित…

२०८१ श्रावण २०, आईतवार १९:३२ गते  
रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु (फोटो फिचर)

रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–४, स्युरीस्थित चैतेथान टोलमा ०८१ साउन १८ गते राति पहिरोले स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी आमा ७० वर्षीया बासुना सुनार र छोरी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी…

२०८१ श्रावण १९, शनिबार ११:३१ गते  
अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

सुनिलस्मृति गाउँपालिका-८ स्थित वडा कार्यालयमा अज्ञात समूहले ०८१ साउन १६ गते राति तोडफोड गरेको छ । वडा कार्यालय भित्रको करिब १५–२० मिटर खानेपानीको पाइप काटेर लगेको सुनिलस्मृति गाउँपालिका–८ का वडा अध्यक्ष धनराज रोकाले इन्सेकलाई जानकारी दिनुभयो । कार्यालयको तीन ओटा ढोकाको ताल्चा फोडिएको र अन्य कार्यालयमा रहेका सामानहरू भने तोडफोड…

२०८१ श्रावण १८, शुक्रबार २१:२१ गते  
घुस्बाङ खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

सुनछहरी गाउँपालिका-१, घुस्बाङ खोलामा झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । घुस्बाङदेखि विभिन्न ठाउँलाई जोड्ने एकमात्र विकल्पको रूपमा रहेको यस क्षेत्रमा झोलुङ्गे पुल समयमा नबन्दा यहाँका स्थानीयहरूलाई सास्ती भएको हो । वर्षाको समय भएकाले खोलाको वगर धेरै बढेको छ । खोला तर्न सकिन्न । पुलबाट यात्रा गर्न सक्ने अवस्था…

२०८१ श्रावण १८, शुक्रबार १७:३६ गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

रोल्पा नगरपालिका–१ की १७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय कमल सुनारलाई प्रहरीले ०८१ साउन १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाई फकाई विवाह गरेको भन्दै पीडित पक्षले साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

२०८१ श्रावण १७, बिहीबार २१:२१ गते