३१ मतदान स्थल सुरक्षा सम्वेदनशील

दोस्रो चरणको चुनावमा निर्वाचन हुन बाँकी तीन गाउँपालिकाका ३१ ओटा मतदान स्थलहरू सम्वेदनशील रहेका छन् । चार ओटा मतदान स्थल सम्वेदनशील र २७ ओटा अति सम्वेदनशील मतदान स्थललाई सुरक्षा निकायले उच्च निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुकुम जिल्लाको-५ नम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका-३१ मतदान स्थलमध्ये चार ओटा…

माओवादी केन्द्रका कार्यकर्ताद्वारा प्रचारप्रसारमा अवरोध पुर्‍याएको काङ्ग्रेस र एमालेको आरोप

पाँच नम्बर प्रदेश अन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताको अवरोधका कारण प्रभावित भएको नेपाली काङ्ग्रेस र नेकपा एमालेले आरोप लगाएका छन् । चुनाव प्रचारमा गएको अवस्थामा गाउँ गाउँमा क्याम्प बनाएर बसेका माओवादी केन्द्रका कार्यकर्ताले ढुङ्गा प्रहार गरेर लखटेपछि स्थिति दैनिक तनावग्रस्त बन्दै गएको नेपाली काङ्ग्रेसका…

जिल्ला अस्पतालमा दुई हप्तादेखि औषधि अभाव

जिल्ला अस्पताल रूकुममा दुई हप्तादेखि सामान्य सिटामोलसमेत पाइन छाडेको बिरामीहरूले गुनासो गरेका छन् । मुसिकोट नगरपालिका-१२ की पारसी ओली भन्छिन्-'टाउको दुखेर उपचारका लागि अस्पताल आएँ । सिटामोलसमेत पाउन सकिएन । अब कहाँ जाउँ ?' पारसीले थपिन्-'हामीले बेड बाहेक कुनै पनि सेवा निशुल्क पाएका छैनौँ ।' सरकारले निशुल्क रूपमा उपलब्ध गराउने…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हिरासतमा अनसन सुरू

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले जेठ २४ गते रातिदेखि अनसन सुरू गरेका छन्  । राज्यले बिनाकारण आफुहरूलाई हिरासतमा राखेको र स्वच्छ प्रतिस्पर्धामा राजनीति गर्न नदिएको भन्दै उनीहरूले हिरासतभित्र अनसन बसेको बताएका छन् । अनसन सुरु गरेदेखि उनीहरूले पानी पनि नखाएर अनसन सुरु गरेका हुन् । जिल्ला…

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्वको तयारी सम्बन्धमा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन गरेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत टङ्क खनालको नेतृत्वमा रहेको टोलीले सुरक्षाको आधारमा सम्वेदनशील मानिएका सानोभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका पाँच ओटा मतदान स्थलको अनुगमन गरेको हो ।…

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण

मुसिकोट नपा­ ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७ गते माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट लागेका परियारको रुकुमेली सामुदायिक अस्पताल मुसिकोटमा उपचार भइरहेको छ । घटनापछि युथफोर्सका कार्यकर्ताले वाइसीएलको मुसिकोट नपा­ ७ सारास्थित क्याम्प ध्वस्त…

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच सानोभेरी गाउँपालिका-२ चाइनाबगर गाउँमा वैशाख २६ गते साँझ सात बजे झडप हुँदा दुवै पक्षका ६ जना कार्यकर्ता सामान्य घाइते भएका छन् । चुनाव प्रचारको क्रममा माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको नेपाली काङ्ग्रेसका सानोभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार…

वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा

बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा राखेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विथोल्न खोजेको आरोपमा खड्कालाई वैशाख १८ गते प्रहरीले आठविसकोट नपा-१ बाट गिरफ्तार गरेको थियो । बालकलाई सार्वजनिक अपराधको…

काङ्ग्रेस माओवादी झडप, १२ जनाभन्दा बढी घाइते

त्रिबेणी गाउँ पालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ । घाइते हुनेमा त्रिवेणी गाउँपालिका-८ का वडा अध्यक्षका उम्मेदवार २५ वर्षीय दिनेश खड्का, सोही ठाउँका खिमबहादुर खड्का, कुलबहादुर खड्का, नरहरी घर्ती, विशाल सिंहलगायतका रहेको…

माओवादी केन्द्र र काङ्ग्रेस कार्यकर्ताबीच झडप

चौरजहारी नपा-१२ मा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको छ । स्थानीय तहको चुनाव प्रचार प्रसारको विषयमा विवाद हुँदा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरी चौकी सर्केनाले जनाएको छ । झडपमा काङ्ग्रेसका कार्यकर्ता चौरजहारी नपा-१२ का ४० वर्षीय भीमबहादुर ओली गम्भीर घाइते भएका छन् । उनको टाउकोमा…