कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन

भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो । यो विद्यालय बालविकास कक्षादेखि कक्षा ५ सम्मको छ तर कक्षाकोठा अपुगका कारणले बालविकास कक्षा (शिशु कक्षा), कक्षा १ र…

December 5, 2019  
चार महिनादेखि सुत्केरी महिलाहरूले यातायात र प्रोत्साहन भत्ता पाएनन्

सिस्ने गाउँपालिका–५ र ६ वडाका सुत्केरी महिलाले साउन महिनादेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । सिस्ने गाउँपालिका–५ रूकुमकोटस्थित जिल्ला अस्पतालमा प्रसूति भए पनि नियमअनुसार भत्ता नपाएको उनीहरूको गुनासो छ  । सिस्ने गाउँपालिका–५ की भावना मल्ल जिल्ला अस्पतालमा साउन महिनामा सुत्केरी भएपनि यातायात र प्रोत्साहन स्वरुप दिइने रकम नदिएको गुनासो…

November 14, 2019  
सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित

सशस्त्र द्वन्द्वको समयमा बम विष्फोटमा परेका भूमे गाउँपालिका–२ काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन् । २०६३ माघ महिनामा उनका ठूलो बुबाको छोरा रुपचन्द्र दमाईको घरमा बम विष्फोट हुँदा कौशीमामा लुगा सिलाइरहेका दमाई भूँईमा बेहोस भएका थिए । उक्त घटनापछि मानसिक सन्तुलन गुमाएका दमाईको उपचारपछि…

November 13, 2019  
विषयगत र दरबन्दीका शिक्षक अभावका कारण पठनपाठनमा समस्या

जिल्लाका विद्यालयहरूमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या परेको छ । भूमे गाउँपालिका–२ त्रिवेणी मावि काँक्रीमा बालविकासदेखि कक्षा १० सम्म–सञ्चालन छ । तर, निमावि तहसम्मको शिक्षक दरबन्दी समेत रिक्त रहेको छ भने भएका आधारभूत तहमा शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् । सरकारले शिक्षालाई मौलिक हक अन्तर्गत राखेर  माध्यमिक तहसम्म…

November 11, 2019  
जिल्लामा एम्बुलेन्स नहुँदा बिरामी मर्कामा, बोकेरै अस्पताल पुर्‍याउनु पर्ने समस्या

जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन समेत समस्या पर्ने गरेको छ । आकस्मिक बिरामी बोकेर अस्पताल पुर्‍याउँदा समयमा उपचार पाउन सकेका छैनन् । गाडी चल्ने ठाउँमा पनि  यात्रु गाडीको प्रयोग गरिन्छ  । जिल्लामा एम्बुलेन्स नहुँदा सुत्केरी व्यथा लागेका महिला तथा आकस्मिक जटिल खालका बिरामीलाई बोकेर स्वास्थ्य चौकीमा…

October 10, 2019  
स्थानीय तहमा कर्मचारीको अभाव, स्वास्थ्यचौकी इन्चार्जलाई वडा सचिवको कार्यभार !

भूमे, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका गरी तीन स्थानीय तह भएको रूकुम पूर्वका ३१ ओटा वडामा नौ जना मात्र वडा सचिव कार्यरत रहेका छन् । कर्मचारीको अभावका कारण यहाँका स्थानीयले दैनिक कामकाजमा बाधा खेपिरहेका छन् । भूमे गाउँपालिकामा नौ ओटा वडा रहेका छन् । जसमा चार जना सचिव मात्र कार्यरत…

प्रतिबन्धित नेकपाका ६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले साउन २८ गते जिल्लाका विभिन्न ठाउँबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । रुकुम पूर्वका जिल्ला सेक्रेटरी देविलाल पुनलगायत जिल्लास्तरीय नेताहरू मोहनलाल सार्की, लिलाराम बुढा, धनबहादुर विक, रामकुमार बुढा र हिका बुढा रहेका छन् । गिरफ्तार गरिएका उपर थप…

बलात्कार गरेको कसुरमा २५ वर्ष कैदको फैसला

तीन वर्षे बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । साथै पीडितलाई…

कुटपिट घटनाका आरोपित वडाध्यक्षको राजीनामा माग

पुथा उत्तरगङ्गा गाँउपालिका–११ की ३९ वर्षीया जयपुरी बुढामगरलाई सोही वडाका अध्यक्ष ३६ वर्षीय जयकुमा बुढाले कुटपिट गरेको भन्दै फागुन ९ गते विज्ञप्तिमार्फत स्थानीय महिलाहरूले अध्यक्षलाई कारबाहीको साथै राजीनामा माग गरेका छन् । आफैँले मतदान गरेर चुनेका जनप्रतिनिधिबाट असुरक्षित भएको भन्दै उक्त वडाका महिलाहरूले प्रेस विज्ञप्तिमार्फत वडा अध्यक्षको राजीनामा माग गरेका…

February 22, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाँउपालिका–५ का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई माघ २१ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । स्थानीयले पीडित बालिका रोएको सुनेर बालिका भएतिर…

February 6, 2019