जिल्ला अस्पतालमा कर्मचारी अनियमित हुँदा सेवा प्रभावित
जिल्ला अस्पताल रुकुम पूर्वमा कर्मचारीहरू अनियमित हुँदा सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र डाक्टरको अनियमितता र मनोमानीले सेवाग्राहीलाई सास्ती भइरहेको स्थानीयले समेत गुनासो गरेका छन् । जिल्ला अस्पतालका कर्मचारीहरू मनोमानी ढङ्गले बिदामा बस्न,े बिदा स्वीकृत नगरी लामो समय सम्म बिदामा बसिदिने र पुनः अस्पताल फर्के पछि अस्पताल…
स्वास्थ्य चौकीमा विद्युत सेवा नहुँदा उपचारमा समस्या
भूमे गाउँपालिका-३ मोराबाङ स्वास्थ्य चौकी सीमामा विद्युत सेवा नहुँदा उपचारमा समस्या भएको छ । ०७५ माघ महिनाबाट तुनबाङ लघु जलविद्युत आयोजना सीमाको नहरबाट पावर हाउसमा पुर्याइको मुख्य पाइप फुटेपछि मोराबाङ स्वास्थ्य चौकीमा विद्युत सेवा अवरूद्ध भएको हो । गत वर्ष ३२ किलोवाट क्षमताको तुनबाङ खोला लघु जलविद्युत आयोजनाको नहर देखि…
इन्सेक समाचार प्रभावः सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडितलाई सहयोग जुट्दै
सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परी बेसाहारा जस्तै बनेका भूमे गाँउपालिका–२ काँक्रीका ४५ वर्षीय सिङबहादुर दमाईको इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि पीडितलाई सहयोग जुटन् थालेको छ । पीडितको सहयोगका लागि सिस्ने गाउँपालिका–७ नाथिगाड घर भइ हाल अमेरिका रहनु भएका मुगलाल रावतले ८ हजार र दाङ घोरहीस्थित सिद्धार्थ बैंकमा कार्यरत दृष्टि शाहले…
जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा परेका छन् । लुम्बिनी प्रदेश सरकारले ०७७ असारमा पठाएको मेसिन डीआर मेसिन र भवन नभएकाले सेवा सुरू हुन सकेको छैन । एक्स–रे गरी उपचार गर्नुपर्ने बिरामीहरू अन्य जिल्लामा उपचारको लागि जाँदा आर्थिक र सयमको खर्चको मारमा परिरहेका छन् । ०७७ वैशाखमा…
विद्युत आयोजनाका मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि ज्याला पाएनन्
सिस्ने गाउँपालिका–८ मा निर्माणाधीन जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका मजदूरले ६ बितिसक्दा पनि ज्याला पाएका छैनन् । सिस्ने गाउँपालिका –८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा ०७७ वैशाखमा १८ दिन काम गर्नु भयो । उहाँले काम गरेको ९ हजार रुपियाँ अहिलेसम्म नपाएको दुखेसो पोख्नु भयो । सोही ठाउँकै झुपलाल…
विद्यार्थी अनुपातमा कक्षा कोठा नहुदाँ बालबालिकाको पठन पाठनमा समस्या
सिस्ने गाउँपालिका–३ को जनता मावि पोखरामा कक्षा कोठा अभाव हुदाँ बालबालिहरू पठन पाठनमा समस्या झेल्दै आएका छन् । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी तथा गुणस्तर शिक्षा दिन उपयुक्त भौतिक व्यवस्थापन र आन्तरिक प्रशासनिक क्रियाकलाप आवश्यक हुन्छ । सहीढङ्गले कक्षाकोठा व्यवस्थापन भएको अवस्थामा मात्र सिकाइ सहजीकरण प्रकृयालाई प्रभावकारी रूपमा सञ्चालन गर्न…
डाक्टर नहुदाँ बिमा बापतको सेवा नपाएको सेवाग्राहीको गुनासो
प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुदाँ स्वास्थ्य बिमा गरे बापतको औषधि तथा उपचार पाउन नसकेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । जिल्लामा आर्थिक वर्ष ०७४-७५ देखि स्वास्थ्य बिमा सञ्चालन गरिएको थियो । डाक्टर सहितको स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य बिमा कम्पनीसँग सम्झौता गर्न पाउँछ । तर, जिल्लामा तत्कालीन समयमा पुथाउत्तरगंगा गाउँपालिका–१२, कोलको…
सार्वजनिक यातायातमा छुट र आरक्षणबाट बञ्चित भएको ज्येष्ठ नागरिकहरूको गुनासो
सार्वजनिक यातायातमा छुट र आरक्षणबाट बञ्चित भएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ज्येष्ठ नागरिक परिचय पत्र देखाउँदा पनि जिल्ला भित्र तथा बाहिर सञ्चालन भएका सार्वजनिक यातायातमा छुट र आरक्षण सीट नपाएको गुनासो गरेका हुन् । ‘सैपाटुङदेखि रुकुमकोट सम्मकालागि ३ सय रूपियाँ भाडा लिने गरेका छन् ।’ भूमे गाउँपालिका–२ सैपाटुङका…
पत्नी हत्याका आरोपित गिरफ्तार
भूमे गाउँपालिका–३ सीमाकी ६० वर्षीया दिलमाया पुनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति ७५ वर्षीय नरबहादुर पुनलाई माघ २६ गते गिरफ्तार गरेको छ । आरोपित पुनले माघ २६ गते मादक पदार्थ सेवन गरी पत्नीलाई कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाको जिल्ला अस्पताल, रुकुमकोटमा उपचारको क्रममा माघ…
जिल्ला अस्पतालमा औषधि अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पतालमा औषधि अभाव हुदाँ सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधि अभाव रहेको छ । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि ३० प्रकारका औषधि अपुग भएको जिल्ला अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसीले बताउनु भयो । अस्पतालमा दैनिक ५० देखि ७०…