वाइसिएलद्वारा नेविसङ्घका कार्यकर्तामाथि आक्रमण भएको आरोप
आठबिसकोट गाविसमा रहेको राडी क्याम्पसमा नेविसङ्घका तर्फबाट स्ववियु सदस्यको उम्मेदवार बनेका २६ वर्षीय सुजल शाहीलाई वाइसियल कार्यकर्ताहरूले फागुन ६ गते साँझ आक्रमण गरेको भन्दै नेविसङ्घ रुकुमले आपत्ति जनाएको छ । नेविसङ्घ रुकुमका अध्यक्ष लालबहादुर ओलीले फागुन ७ गते विज्ञप्ति जारी गदै क्याम्पस हाता भित्र रहेको बेला शाहीमाथि वाइसियलका जिल्ला…
दुई दिनदेखिको बन्दले रूकुमको जनजीवन प्रभावित
माघ २६ गते बाट गाउँपालिका केन्द्रको माग गदै तकसेरा गाविसका स्थानियबासिन्दाले सदरमुकाम खलङ्गामा आम हड्ताल गरेपछि दुई दिनदेखि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधन र सरकारी कार्यालयहरू बन्द छन् । सिमाकङ्न आयोगले मैकोट, हुकाम, कोल, तकसेराको गाउँपालिका केन्द्र अपायक ठाउँमा राखेका कारण आन्दोलन गर्नु परेको सङ्घर्ष समितिका…
न्यायलयमा सेवाग्राही एक घण्टाभन्दा बढी पर्खनु नपरोसः प्रधानन्यायाधीश कार्की
अदालतमा जुनसुकै कामका लागि आएका सेवाग्राही तथा पीडितहरू एक घण्टा भन्दा बढी समय कामका लागि बस्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रधानन्यायाधीश सुशीला कार्कीले निर्देशन दिएकी छन् । रुकुममा पुस १४ गते आयोजित कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कार्यालयमा पुरानै शैलीमा सेवाग्राहीलाई कुराएर जात्रा गरेको पाइएमा 'राम्रो नहुने' भन्दै बढीमा एक घण्टामा सेवाग्राहीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला दार्माकोट गाविस-५ का २३ वर्षीय डिल्ली विकलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुममा पीडित पक्षले मङ्सिर ९ गते उजुरी दिएको थियो । उजुरी आएपछि अनुसन्धानका लागि…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा स्यालाखदी गाविस-३ का २८ वर्षीय दुर्गबहादुर परियार र सोही ठाउँकी २१ वर्षीया विष्णुमाया परियारलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । दुर्गबहादुरकी पत्नी २६ वर्षीया मनमाया परियारको उजुरीका आधारमा आरोपितद्वयलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुमका डीएसपी अङ्गुर जिसीले बताए । आरोपितद्वयले गएको कात्तिक २५…
बाल विवाह बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर ओलीले जिल्लामा बाल विवाहको अवस्था ५७ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए । यो तथ्याङ्क प्रत्येक वर्षबढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै…
कारागारमा समस्यै समस्या भएको कैदीबन्दीको गुनासो
महान्यायधिवक्ताको कार्यालयको एक टोलीले मङ्सिर २ र ३ गते रुकुम कारागारको मानव अधिकार तथा अन्य भौतिक पुर्वाधारको अवस्थाबारे अनुगमन गरेको छ । जिल्ला स्थित सरोकारवाला निकायको सहभागितामा महान्यायधिवक्ताको कार्यालयबाट आएका सह महान्यायधिवक्ता खेमराज ज्ञवाली नेतृत्वको टालीले जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासत निरीक्षण गरेको हो । मुद्दा अनुसन्धानको…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
खोलागाउँ गाविस-६ की ३३ वर्षीया सुशीला बोहोराले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा ३५ वरषीय पति कृपालाल बोहरा र सोही ठाउँकी २८ वर्षीया कविता पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिला सुशीलाका अनुसार आरोपितद्वयले गत असोज २० गते विवाह गरेको आरोपमा कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले दुली गाविस-३ का ३० वर्षीय गमबहादुर पुन र सोही ठाउँकी १८ वर्षीया पुष्पा पुनलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । गमबहादुरकी जेठी पत्नी नन्दकला पुनले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको दुवै जना आरोपितलाई घरैबाट गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित सल्यान बागचौर नपा-१ का २८ वर्षीय उपेन्द्र भण्डारी र सोही ठाउँका २६ वर्षीय कमलराज खत्रीलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले असोज १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय रुकुममा असोज ११ गते उजुरी…