रूकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बाह्रै महिना खानेपानीको अभाव
सिस्ने गाउँपालिका– ५ र ६ नम्बर वडा रुकुमकोटमा १२ महिना खानेपानीको अभाव हुने गरेको छ । खानेपानिको अभाव हुँदा त्यस क्षेत्रका स्थानीय मर्कामा परेका छन् । रुकुम पूर्वको सदरमुकाम रहेको उक्त क्षेत्रमा बस्ती बढिरहेकोले वर्षका १२ महिना पानीको अभाव हुँदै आएको स्थानिय भिमकान्त उपाध्यायले बताउनु भयो । वर्षातको समयमा यस…
महिला अपहरण पछि हत्या गरेको आरोपमा वडाअध्यक्ष सहित तीन जना कार्यकर्ता गिरफ्तार
पुथा उत्तरगंगा गाउँपालिका–११ तकसेराकी ३९ वर्षीया डुथी भनिने जुङमाँया बुढालाई अपहरण पछि हत्या गरेको आरोपमा प्रहरीले पुथाउत्तरगंगा गाउँपालिका –११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाई माओवादी केन्द्रका जिल्ला सदस्य अर्जुन बुढा र माओवादी केन्द्रबाट पुथाउत्तरगंगा गाउँपालिका – ११ का वडाध्यक्ष पदका उम्मेद्वार कुमारसिंह बुढालाई वैशाख २८ गते गिरफ्तार गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटिका सदस्य सिस्ने गाउँपालिका–२ प्वाङका २२ वर्षीय तिलकराज रसाइलीलाई पुस १६ गते रिफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १४ गते हातपात गर्दै यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस १६ गते जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व)…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाउँपालिका–८ का २४ वर्षीय सञ्जय नाथलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभनमा देखाएर कात्तिक २२ गते जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर श्रेष्ठले जानकारी…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुमपूर्वको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि जयमान बुढा मगरले २०२० जनवरीदेखि जिल्लामा सङ्कलन गरेका ११ वटा घटना प्रस्तुत गर्नु भएको थियो । जसमा१० महिला र एक बालिका पीडित भएका…
जिल्ला अस्पतालमा कर्मचारी अनियमित हुँदा सेवा प्रभावित
जिल्ला अस्पताल रुकुम पूर्वमा कर्मचारीहरू अनियमित हुँदा सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र डाक्टरको अनियमितता र मनोमानीले सेवाग्राहीलाई सास्ती भइरहेको स्थानीयले समेत गुनासो गरेका छन् । जिल्ला अस्पतालका कर्मचारीहरू मनोमानी ढङ्गले बिदामा बस्न,े बिदा स्वीकृत नगरी लामो समय सम्म बिदामा बसिदिने र पुनः अस्पताल फर्के पछि अस्पताल…
स्वास्थ्य चौकीमा विद्युत सेवा नहुँदा उपचारमा समस्या
भूमे गाउँपालिका-३ मोराबाङ स्वास्थ्य चौकी सीमामा विद्युत सेवा नहुँदा उपचारमा समस्या भएको छ । ०७५ माघ महिनाबाट तुनबाङ लघु जलविद्युत आयोजना सीमाको नहरबाट पावर हाउसमा पुर्याइको मुख्य पाइप फुटेपछि मोराबाङ स्वास्थ्य चौकीमा विद्युत सेवा अवरूद्ध भएको हो । गत वर्ष ३२ किलोवाट क्षमताको तुनबाङ खोला लघु जलविद्युत आयोजनाको नहर देखि…
इन्सेक समाचार प्रभावः सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडितलाई सहयोग जुट्दै
सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परी बेसाहारा जस्तै बनेका भूमे गाँउपालिका–२ काँक्रीका ४५ वर्षीय सिङबहादुर दमाईको इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि पीडितलाई सहयोग जुटन् थालेको छ । पीडितको सहयोगका लागि सिस्ने गाउँपालिका–७ नाथिगाड घर भइ हाल अमेरिका रहनु भएका मुगलाल रावतले ८ हजार र दाङ घोरहीस्थित सिद्धार्थ बैंकमा कार्यरत दृष्टि शाहले…
जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा परेका छन् । लुम्बिनी प्रदेश सरकारले ०७७ असारमा पठाएको मेसिन डीआर मेसिन र भवन नभएकाले सेवा सुरू हुन सकेको छैन । एक्स–रे गरी उपचार गर्नुपर्ने बिरामीहरू अन्य जिल्लामा उपचारको लागि जाँदा आर्थिक र सयमको खर्चको मारमा परिरहेका छन् । ०७७ वैशाखमा…
विद्युत आयोजनाका मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि ज्याला पाएनन्
सिस्ने गाउँपालिका–८ मा निर्माणाधीन जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका मजदूरले ६ बितिसक्दा पनि ज्याला पाएका छैनन् । सिस्ने गाउँपालिका –८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा ०७७ वैशाखमा १८ दिन काम गर्नु भयो । उहाँले काम गरेको ९ हजार रुपियाँ अहिलेसम्म नपाएको दुखेसो पोख्नु भयो । सोही ठाउँकै झुपलाल…