मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

३५ वर्षीया एक महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असोज २६ गते उद्धार गरी आरोपितलाई गिरफ्तार गरको छ । पीडितलाई नवलपरासी जिल्ला सुनवल नगरपालिका-६ का ४७ वर्षीय हर्कबहादुर थापाले सिमापार गराउँदै गरेको अवस्थामा पीडित महिलाको उद्धार गरी आरोपित हर्कबहादुरलाई गिरफ्तार…

२०७४ आश्विन २७, शुक्रबार २१:१४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला गोरखपुर ठाना गोरखनाथ ग्राम हुमयानपुर भारतका ४२ वर्षीय सफराज खानलाई असोज २० गते भैरहवाको देवकोटा चोकबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते ललाई फकाई विवाह गर्ने भनी भगाएर भैरहवाको बस डिलवामा डेरा गरी राखी बलात्कार गरेको भनी पीडित…

२०७४ आश्विन २१, शनिबार २०:४५ गते  
बेचबिखनका लागि इराक लैजाँदै गरेको आशङ्कामा तीन जनाको उद्धार

१८ वर्षीया दुई जना महिला र १७ वर्षीया एक जना बालिकालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै इराक लैजाँदै गरेको आशङ्कामा केआई नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट असोज १९ गते साँझ उद्धार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाँउपालिका-३ का अन्दाजी ४० वर्षीय गणेशमान तामाङले पीडित त्रयलाई…

२०७४ आश्विन २१, शनिबार २०:४१ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका-१ का २७ वर्षीय सञ्जु मल्लाहलाई असोज ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ ।   घरमा आफू हुँदाहुँदै आरोपित मल्लाहले भारतको महाराजगञ्जकी २१ वर्षीया रीना मल्लाहसँग भदौ १२ गते विवाह गरेको भन्दै पीडित महिला उर्मिला मल्लाहले असोज ४ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी…

२०७४ आश्विन ८, आईतवार १२:३३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-५ मनोहरापुरका २८ वर्षीय इरर्शाद अहमद दर्जीलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज ३ गते आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले असोज ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए । पीडित बालिकाको अभिभावकले दिएको…

२०७४ आश्विन ५, बिहीबार १९:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-७ का १९ वर्षीय केशव क्षेत्रीलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

२०७४ भाद्र १४, बुधबार २१:४७ गते  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

३१ वर्षीया, २४ वर्षीया र २२ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई र ओमन लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट भदौ ११ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई प्रलोभन देखाएर आरोपितहरूले…

२०७४ भाद्र १२, सोमबार १२:४१ गते  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र जिल्ला महाराजगञ्ज थाना पर्सा मल्लीग्राम मर्यादपुर भारतका २७ वर्षीय मोहमद आलमलाई साउन २९ गते छिपागढ नाकाबाट गिरफ्तार गरेको छ ।…

२०७४ श्रावण ३१, मंगलवार १०:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्ष ६ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-११ बुद्धनगरका ३२ वर्षीय विनोदकुमार दर्जीलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी अभिभावकले साउन २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा…

२०७४ श्रावण २३, सोमबार २१:१६ गते  
बेचबिखन घटनाका पीडितको उद्धार, आरोपित गिरफ्तार

३४ वर्षीया र २३ वर्षीया दुईजना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट साउन २२ गते दिउँसो उद्धार गरी दुई जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका-१७ का २१ वर्षीय विष्णुप्रसाद पाण्डे र तिलोत्तमा…

२०७४ श्रावण २३, सोमबार २१:१५ गते