मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई भारत लैजाँदै गर्दा माइती नेपाल र प्रहरीको सक्रियतामा पुस २१ गते दिउँसो बेलहियाबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा पाल्पा जिल्ला तानसेन नपा-१३ मख्खन टोलका ३२ वर्षीय रिजन क्षेत्री भन्ने नसिव खान रहेको प्रहरीले जनाएको छ । आरोपितले पीडित युवतीलाई प्रेम गर्ने…
गोली प्रहारबाट एमाले कार्यकर्ता पौडेलको हत्या
अज्ञात समूहको गोली लागेर देवदह नपा-२ ढेकारका व्यवसायी तथा नेकपा एमाले निकट युवासङ्घ नेपालका पूर्व क्षेत्रीय कोषाध्यक्ष ४१ वर्षीय बलु भन्ने बसन्त पौडेलको मृत्यु भएको छ । पौडेलको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । बिहान आगो तापेर आफ्नै काठमिल उज्जल स-मिलमा बसेका पौडेललाई मोटरसाइकलमा आएका दुई जनाले…
बेचबिखन हुनसक्ने आशङ्कामा पाँचजना बालकको उद्धार
नौ वर्षीय एक जना, ११ वर्षीय दुई जना, १२ र १४ वर्षीय एक/एक जना गरी पाँच जना बालकहरूलाई प्रहरीले बुटवलको बेलबासबाट पुस १० गते राति उद्धार गरेको छ । बालकहरूलाई पालनपोषण गर्ने र राम्रो शिक्षा दिक्षा दिने प्रलोभन देखाएर ल्याएको भएपनि आरोपितले बेचबिखनको लागि लैजान लागेको आशङ्कामा उद्धार गरिएको प्रहरीको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बाबुलाई मङ्सिर २४ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र कसैलाई भने आमाछोरी दुवैलाई मारिदिने धम्की दिँदै बलात्कार गर्दै आएको र मङ्सिर २३ गते पीडितकी आमा मजदुरी गर्न गएका बेला छोरीलाई बलात्कार गर्दै गर्दा छिमेकीले…
निर्वाचन साक्षरता प्रभावकारी भएन: पौडेल
राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द प्रसाद शर्मा पौडेलले निर्वाचन शिक्षा प्रभावकारी नभएको बताएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको अनुगमनका क्रममा मङ्सिर २० गते रुपन्देहीमा आएका पौडेलले मानव अधिकारकर्मी, पत्रकार र पर्यवेक्षकहरुसँग सो कुरा बताएका हुन् । उनले निर्वाचनमा ५२ वटा संस्थाका ४२ हजार बढी पर्यवेक्षकहरुले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-२ तेनुहवाका २२ वर्षीय शैलेश यादवलाई मङ्सिर १३ गते सिनपा-९ बाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भनी पीडितले मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडित महिलाको उद्धार
२१ वर्षीया दुई जना, १९, वर्षीया, २४ वर्षीया, २५ वर्षीया र २६ वर्षीया ६ जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा केआई नेपाल र माइती नेपालको सहयोगमा रूपन्देही प्रहरीले बेलहिया नाकाबाट मङ्सिर १२ गते उद्दार गरेको छ । आरोपितले पीडित महिलाहरूलाई प्रलोभन देखाएर…
आचारसंहिता उल्लङ्घनको आरोपमा उजुरी
स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको राससले जनाएको छ । आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी…
रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील
रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा समितिले तयार पारेको विवरण अनुसार जिल्ला भरका २ सय ८ मतदानस्थलमध्ये ७५ ओटा अति सम्वेदनशील रहेका छन् । जिल्लामा ५ सय ९८ ओटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा ५ सय ४३ मतदान केन्द्र…