कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा वडा सचिवसहित तीन जना गिरफ्तार

५२ वर्षीया दुई जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका-४ घरभई सोही नपा-५ वडा सचिव ५४ वर्षीय टीकाराम आचार्य, उनकी पत्नी ४८ वर्षीया कमला आचार्य र छोरी २३ वर्षीया प्रतिज्ञा आचार्यलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । आरोपितहरूले कात्तिक २५ गते कथित बोक्सी आरोप लगाउदै…

२०७५ कार्तिक २७, मंगलवार १५:२४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का २० वर्षीय हंशराज चौधरीलाई कात्तिक १० गते सियारी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

२०७५ कार्तिक ११, आईतवार १९:०५ गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–६ का २६ वर्षीय शर्मा हरिजन र सोही ठाउँकै १९ वर्षीय पञ्चम हरिजनलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज २६ गते बलात्कार गरेको भनी पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय मर्चवारमा असोज २७ गते उजुरी दिएका थिए…

२०७५ कार्तिक १०, शनिबार २०:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–५ का २० वर्षीय जलालउद्दिन मुसलमानलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ १४ गते बलात्कार गरेको भन्दै  पीडित बालिकाले असोज १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर…

२०७५ आश्विन १७, बुधबार २०:३७ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का २१ वर्षीय पर्शुराम मौर्य र सोही ठाँउका २५ वर्षीय रिक्की मौर्यविरूद्ध इलाका प्रहरी कार्यालयमा असोज १६ गते उजुरी दर्ता गरिएको छ । पीडित युवतीलाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ६ गते बलात्कार गरेको भन्दै पीडितले असोज १६ गते प्रहरीमा उजुरी…

२०७५ आश्विन १७, बुधबार २०:३३ गते  
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–२ का २२ वर्षीय सागर साहन विरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ  । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको…

२०७५ आश्विन १५, सोमबार २०:१० गते  
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका–७ का २५ वर्षीय  विहारीलाल यादवविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ  । पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ८ गते बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो  । पीडित बालिकाको…

२०७५ आश्विन १५, सोमबार २०:०४ गते  
वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया पत्नीलाई वैवाहिक बलात्कार र अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले तिलोत्तम नपा–१२ का २१ वर्षीय पतिलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १० गते बलात्कार र अप्राकृतिक मैथुन गरेको भन्दै पीडितले पतिविरूद्ध असोज १५ गते उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज…

२०७५ आश्विन १५, सोमबार २०:०० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–६ का २२ वर्षीय विष्णु कुँवरलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले असोज ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको डिएसपी डिलबहादुर मल्लले…

२०७५ आश्विन १५, सोमबार १९:१९ गते  
प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्तको आरोप

लुम्बिनी सांस्कृतिक नपा–४ मौवारीकी २३ वर्षीया तारा वरईलाई मटितेल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी दिएपनि विभिन्न बहाना देखाई उजुरी दर्ता नगरेको मृतकका आफन्तले आरोप लगाएका छन् । असोज ९ गते राति कुटपिट गरी घाइते बनाएर मटितेल छर्केर आगो लगाई मारेको मृतकका मामा बाबुराम बरईले इन्सेककर्मीलाई…

२०७५ आश्विन १४, आईतवार २०:१२ गते