मानव अधिकारमैत्री कानुन बनाउन पछि पर्दैनौँः मुख्यमन्त्री पोखरेल
मानव अधिकारमैत्री कानुन बनाउन प्रदेश सरकार पछि नपर्ने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ को कार्यालय, कानुन मस्यौदा तथा सुझाव आयोग तथा मुख्य न्याधिवक्ताको कार्यालयले भदौ १२ गते बुटवलमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक कार्यशाला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ धमिलोपानीका २० वर्षीय विकल पुनलाई भदौ ८ गते धमिलोपानी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको देखेर स्थानीयले आरोपितलाई समाउन खोज्दा भागेको र प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले राति १ बजे गिरफ्तार…
शरीर बन्धक गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१६ वर्षीया बालिकालाई शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले नवलपरासी जिल्ला पालीनन्दन गाउँपालिका–४ का २१ वर्षीय बर्खु भन्ने सन्दिप पासी, सोही ठाउँका ४५ वर्षीय नरेश पासी र ४० वर्षीय सङ्गिता पासीविरूद्ध भदौ ८ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७४ चैत २८ गते अपहरण गरी भारत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीय बालकलाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घरभई लामो समयदेखि बुटवल उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ७२ वर्षीय (दिनभरी जोगी बनेर माग्ने) सुन्दर पुरीलाई बुटवलस्थित डेराबाट साउन २६ गते गिरफ्तार गरेको छ । अभिभावक विहीन पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन…
मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार
नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा डेण्टल विभागको चौथो वर्षमा अध्ययनरत २४ वर्षीय महादेव शाहको मृत्य भएपछि सहकर्मी विद्यार्थीहरूले उपचारमा लापरवाही भएकाले उनको मृत्यु भएको भन्दै अस्पतालको अतिसम्वेदनशील आइसीयुमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ का २८ वर्षीय जगलाल केवटलाई आरोपितको घरबाटै साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भनी पीडितले सोही दिन इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ का २६ वर्षीय राजकुमार चौधरीलाई साउन १५ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८ गते दिउँसो उद्दार गरेको छ भने तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का २३ वर्षीय सर्वेश कहार, सोही ठाउँकै २० वर्षीय टेगाने…
आगो लगाएर हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी
कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय हजुरआमा हरिकला माया ठकुरी, फुपूहरू ४० वर्षीय मधु ठकुरी र अमृता ठकुरीविरूद्ध मृतककी आमा माया थापाले असार २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् । मृतक बालिकालाई आरोपितहरूले…
मानव बेचबिखन र यौन दुर्व्यवहारका आरोपित गिरफ्तार
खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन शोषण गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ गाउँपालिका-६ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित ग्रिन गेष्ट हाउस एण्ड लज सञ्चालक ३९ वर्षीय तारा पाण्डे, भारतीय नागरिक भारतको उत्तर प्रदेश प्रताव…