बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-८ घर भई लुम्बिनी सांस्कृतिक नपा-६ बस्ने १९ वर्षीय अशोक बस्नेतलाई जेठ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन देखाएर जेठ ६ गते बलात्कार गरेको भन्दै पीडितले आमाको सहयोगमा जेठ १० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा…
मानव अधिकार बिनाको लोकतन्त्र बाँच्न सक्दैनः पूर्व अध्यक्ष उपाध्याय
मानव अधिकारको सभ्यता र संस्कृति बिना लोकतन्त्र बलियो हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पूर्व आयुक्त समाज र डिफ्री ललितपुरको आयोजना तथा इन्सेक रूपन्देहीको सहकार्यमा बुटवलमा आयोजित मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानव अधिकार…
यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई होटलमा रोजगार दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बाग्लुङ जिल्ला निसिखोला गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमनपा–११ कालिकानगरमा राप्ती मेनु होटलका सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र ३३ वर्षीया पत्नी मीनाकुमारी बस्नेत कुँवरलाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले होटलमा…
भएका कानुन कार्यान्वयन गरे बाल विवाहको अन्त्यः मुख्य न्यायाधीश
सरकारले बाल विवाह रोक्ने बनाएको कानुन कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने प्रदेश ५ उच्च अदालत तुल्सीपुर बुृटवल इजलासका मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, प्लान नेपाल र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप)ले बुटवलमा आयोजना गरेको बालविवाह अन्त्यका लागि जेठ ५ र ६…
मानव बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई राम्रो कामका लागि विदेश पठाइदिने प्रलोभन देखाएर होटलमा राखी पटकपटक बलात्कार गरेको प्रहरीले अर्घाखाँची जिल्ला सन्धीखर्क नपा–४ स्थायी घरभई सिद्धार्थनगर नपा–१३ बस्ने ३५ वर्षीय सन्तोष क्षेत्रीलाई सिद्धार्थनगर नपा–१ वेलहियाबाट जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले विभिन्न प्रलोभन देखाई ललाईफकाई भारततिर लैजाँदै गरेको अवस्थामा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–९ का २६ वर्षीय बब्लु क्षेत्रीलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ ३ गते उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको गोरखपुर स्थायी घर भई तिलोत्तमा नपा–६ गोरकट्टा बस्ने २५ वर्षीय जोखान केवटलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ ३ गते उजुरी दिएकी…
१९ वर्षीया युवती मृत अवस्थामा फेला, हत्याको आशङ्का
गैडहवा गाउँपालिका–१ भुझौली की १९ वर्षीया सवनाम निशा जेठ १ गते मृत अवस्थामा भेटिएकी छन् । सवनमको हत्या गरिएको परिवारले आशङ्का गरेको छ । वैशाख ३१ गते खाना खाएर कोठामा सुतेकी छोरीलाई आमाले राति कोठामा नदेखेपछि घरपरिवारले खोजी गर्दै जाँदा जेठ १ गते गाउँ नजिकैको सुख्खा कुलोमा मृत अवस्थामा भेटिएपछि…
महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्यः मुख्यमन्त्री
महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्य हुने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ कार्यालयले वैशाख २४ गते बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानव अधिकारको संरक्षण एवम् सुरक्षामा नेपाल प्रहरीको जबाफदेहिता’ विषयक राष्ट्रिय अभियानमा मुख्यमन्त्री…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५० वर्षीया बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–५ का २३ वर्षीय सुनिल सुनारलाई वैशाख २० गते देवदहबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई वैशाख १९ गते साँझ घरमा कोही नभएको मौका छोपी मुख थुनेर बलात्कार गरेको भनी पीडित महिलाका १२ वर्षीय छोराले छिमेकीको सहयोगमा वैशाख २०…