संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तीन गाउँपालिकामा तालाबन्दी
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले चैत ६ गते दक्षिण मर्चवार क्षेत्रका तीन वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले सेमरीमाई, मर्चवारीमाई र कोटहीमाई गाउँपालिका कार्यालयको साईनबोर्ड हटाएर तालाबन्दी गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले बेलहिया नाकाबाट चैत ५ गते उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई बेचबिखन गरेको आरोपमा काठमाडौँ-दिल्ली गाडी चलाउने चालक र सहचालक एकै घरका दाजुभाइ सर्लाही धुकौली-८ का…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सौ.फर्साटिकर-२ का २७ वर्षीय लेखनाथ खनाललाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पछि…
मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता
३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ । पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको…
घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता
नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा कम्हरिया-५ बस्ने २८ वर्षीय रियाजुद्धिन साहमदविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । मदिरा सेवन गरी पत्नी र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा गिरफ्तार गरिएका साहमदविरूद्ध…
बन्दको अवज्ञा गरेको आरोपमा स्कुटरमा आगजनी
नेकपा एमालेको मेची महाकाली अभियानलाई लक्षित गरी मधेसी मोर्चाले फागुन २९ गते आह्वान गरेको रुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा रमवापुर चोकमा लु.१५प.७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको छ । आगजनीपछि स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसैगरी सोही दिन विवाहका लागि कपिलवस्तुतर्फजन्ती लिएर जाँदै गरेका…
पत्रकारलाई अज्ञात समूहद्वारा आक्रमण
स्याङ्जा घर भइ बुटवल उमनपा-५, गोलबजार बस्ने रेडियो जागरणका समाचार प्रमुख ३९ वर्षीय टेकबहादुर मास्केलाई मोटरसाइकलमा आएका पाँच जनाको समूहले फागुन २३ गते राति रेडियोमा काम सकेर घर फर्कँदै गर्दा आक्रमण गरी घाइते बनाएका छन् । आक्रमणबाट घाइते भएका पीडित पत्रकारको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको भएपनि समय लाग्ने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा निवेदन दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई यमबहादुर बोहोराले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही पोखरभेण्डी-७ का १८ वर्षीय विपिन जयसवाललाई फागुन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते कब्जामा लिएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी…