प्रहरी चौकीमा आक्रमण गरी लुटिएको हतियार फेला
रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकीवडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । लुटिएको मध्ये एसएलआर मर्चवारको बगौली-६ मा बेवारिसे अवस्थामा खेतमा भेटिएको र टियर ग्याँस गन अझैसम्म फेला नपरेको र हराएको हतियारको खोजी कार्य भैरहेको डिएसपी पाण्डेले बताए ।…
बेचविखन घटनाका आरोपित गिरफ्तार
मोरङकी २७ वर्षीया, सुनसरीकी ३४ र २० वर्षीया, नवलपरासीकी ३१ वर्षीया, काठमाडौँकी ३० र ३५ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा फागुन ४ गते माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट उद्धार गरेको छ । घटनाका आरोपित मोरङ, डाँगीहाँट गाविस-५ की ३७…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
सुर्यपुरा गाविस-७ की ५८ वर्षीया मालती केवटलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँका ५० वर्षीय रामनयन लोध र ३५ वर्षीय विनोद लोधलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले माघ २९ गते 'ए बोक्सी तैँले मेरो बुहारीलाई मर्नु न बाँच्नु गराइस' भन्दै कुटपिट गरेको…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
तनहुँकी ३५ वर्षीया र मकवानपुरकी ३८ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट फागुन २ गते चितवन शुक्रनगर-९ की ३५ वर्षीया टीकादेवी पुडासैनीलाई गिरफ्तार गरेको छ । पीडित दुवै जना महिलालाई उद्धार गरिएको जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रन्यौरामा माघ १९ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
बेचबिखन घटनाका पीडित तीन महिलाको उद्धार र आरोपित गिरफ्तार
राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले रूपन्देही जिल्लास्थित बेलहिया नाकाबाट माघ १८ गते तीन महिलाको उद्धार र पाँचथर जिल्ला फत्तिम गाविस-९ की ३७ वर्षीया राजकुमारी चोम्जोङलाई गिरफ्तार गरेको छ । भारतको बाटो हुँदै घरेलु कामदारको रूपमा कुवेत लैजाँदै गर्दा रौतहट जिल्लाकी ३१…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपागढ-२ का ३० वर्षीय राजेश सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माघ १३ गते मुद्दा दर्ता भएको छ । पीडित महिलाले आरोपित विरुद्ध ०७३ माघ १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बलात्कार प्रयास मुद्दा दर्ता गराएकी छिन् । पीडित महिलाको माघ १३ गते नै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई ललाई फकाई विवाहको नाटक गरी यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले वगाहा गाविस-१ का २० वर्षीय पिन्टु भनिने सुफियान महमद खानलाई रुपन्देही प्रहरीले माघ ५ गते बगाहाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते भारतमा लगेर बेपत्ता बनाएको भनी बालिकाकी आमाले माघ २ गते जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई पुस २९ गते अमुवा-३ बाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अभिभावकको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
ससुराद्वारा चक्कु प्रहारबाट घाइते बुहारीको उपचार हुँदै
सालझण्डी गाविस-१ फुलवारीकी ३५ वर्षीय सीमा रोक्कालाई ५६ वर्षीय ससुरा विरबहादुर रोक्काले ०७३ पुस ९ गते साँझ चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर आएका विरबहादुरले बुहारीलाई पेटमा चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर विमल पराजुलीले बताए । घाइते सीमालाई पुस ९…