बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार परेका २७ वर्षीय सुरज चौधरीलाई जेठ ८ गते जिल्ला अदालत रुपन्देहीले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले आरोपितलाई कैद सजाय सुनाएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले…

May 24, 2017  
बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय 'बेहुला' र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ । सो घटनामा संलग्न रहेको आरोपमा दुईजना आरोपित सम्मरीमाई गाउँपालिका-१ करौताका ५० वर्षीय पुजारी श्यामनारायण मिश्र र उनका २० वर्षीय छोरा…

May 24, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट जेठ ६ गते साँझ तीन जना महिलाको उद्धार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर…

May 22, 2017  
अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको 'लायपसमल' नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ । अस्पतालमा वैशाख २९ गतेदेखि कालाजारको औषधिको अभाव भएपछि सम्बन्धित निकायमा जानकारी गराए पनि औषधि नपठाउँदा बिरामीहरूको उपचारमा समस्या उत्पन्न भएको अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले बताए । औषधि अभावका कारण हाल अस्पतालमा उपचाररत…

May 18, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-५ का ३३ वर्षीय करम वसिनलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित काईरा खातुनले आफू घरमा हुँदाहुँदै सोही ठाउँकी १९ वर्षीया फातिमा फातुनसँग अर्को विवाह गरेको भनी पीडित महिलाले जेठ १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

May 16, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्तालाई वैशाख ३० गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा ३५ वर्षीय दिपक पौडेल रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । यसैबीच निर्वाचनलाई बिथोल्दै हिडेको आरोपमा प्रहरीले वैशाख २९ गते साँझ पनि बुटवलबाट…

May 14, 2017  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ नपा-१७ का ३० वर्षीय श्रवणकुमार थारु र सुद्धोधन गाउँपालिका-३ का २३ वर्षीय राजेश चौधरीलाई वैशाख २८ गते मायादेवी गाउँपालिकाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको भनी पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा वैशाख २८ गते…

May 12, 2017  
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

२२ र ३४ वर्षीय महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट वैशाख २८ गते साँझ उनीहरूको उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर आरोपितद्वय सिन्धुपाल्चोक भानेश्वरा गाविस-७ का…

May 12, 2017  
बलात्कार गरेको आरोपमा गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । अभिभावकको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-४ का २८ वर्षीय राकेश सिंहलाई वैशाख १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सई…