नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्गः मन्त्री बराल
रुपन्देहीमा आयोजित एक कार्यक्रममा नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्ग भएकोमा जोड दिइएको छ । इन्सेक प्रदेश ५ कार्यालयले भदौ ३ गते बुटवलमा आयोजना गरेको नागरिक सङ्घसंस्थाका संवैधानिक अधिकार विषयक संवाद कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उक्त कुरामा जोड दिएका हुन् । मन्त्री बरालले छलफलमा आएका सुझावहलाई प्रदेश…
प्रदेश ५ प्रदेश सभाका नेकपा प्रमुख सचेतकको घरमा आगजनी
सैनामैना नगरपालिका–८ रामापुर कलौनी शान्तिटोलमा रहेको प्रदेश ५ प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा अज्ञात पक्षले साउन ३० गते आगजनी गरेको प्रहरीले जनाएको छ । वियरको बोतलमा पेट्रोल र मटितेल हालेर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ढकाल चढ्ने लु १ झ ४५६ नम्बरको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-४ का २० वर्षीय मोहन मल्लाहलाई साउन २८ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…
बाल अधिकारको संरक्षण भए देशमा समृद्धि र विकास हुन्छ–अध्यक्ष शर्मा
बाल अधिकार संरक्षण भए देशमा समृद्धि आउने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को संयोजनमा बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले सो कुरा बताएका हुन् । उनले बाल अधिकारसम्बन्धी आवधिक समीक्षाको प्रतिवेदन तयारी गर्न लागिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका-१ का २० वर्षीय अजय कठरिया थारुलाई साउन २६ गते शुध्द्धोधनबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५ गते बलात्कार गरेको भनी पीडित पक्षले साउन २६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-६ का २२ वर्षीय दिपेन्द्र मुरावविरूद्ध पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ भदौ २० गतेदेखि प्रलोभन र धम्की देखाएर बलात्कार गर्दै आइरहेको र अन्तिम पटक साउन ९ गते बलात्कार गरेको भन्दै पीडित…
स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि अभाव, सेवाग्राही मर्कामा
स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा बिरामी मर्कामा परेका गरेका छन् । शुद्धोधन नपा–४ की सम्झना क्षेत्रीले ज्वोरोका कारण बिरामी भएकी १२ वर्षे छोरीलाई नजिकै रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिन् तर अस्पताल पुग्दा डाक्टर थिएनन् । डाक्टरको खोजी गर्दा उनले बाहिर गएको जानकारी पाइन् । त्यसपछि…
प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनद्वारा चार ओटा शिक्षण संस्थामा कालो व्यानर
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले साउन १२ गते राति चार ओटा शिक्षण संस्थामा कालो ब्यानर टाँगेको छ । उक्त सङ्गठनले तिलोत्तमा नपा भलवारीस्थित नमस्ते एकेडेमी, सैनामैना नपास्थित न्यू एकेडेमी इङ्लिस बोर्डिङ स्कुल, देवदह नपास्थित सगरमाथा अङ्ग्रेजी बोडिङ स्कुल र बुटवल नपा कालिकानगरस्थित सञ्जिवनी नर्सिङ्ग…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमामा साउन ११ गते उजुरी दिएकी छन् । उक्त उजुरीका आधारमा…
बलात्कार प्रयास र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवती र १७ वर्षीया बालिका (दिदीबहिनी)लाई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–१७ का ट्रक चालक २६ वर्षीय बिनोदकुमार चौधरी र सहचालक २५ वर्षीय राजकुमार चौधरीलाई साउन ९ गते मधवलियाबाट गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितद्वयले साउन ८ गते स्याङ्गजाबाट बुटवल आउँदै गर्दा ट्रकमा बसाएर…