बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका–७ का २५ वर्षीय  विहारीलाल यादवविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ  । पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ८ गते बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो  । पीडित बालिकाको…

October 1, 2018  
वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया पत्नीलाई वैवाहिक बलात्कार र अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले तिलोत्तम नपा–१२ का २१ वर्षीय पतिलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १० गते बलात्कार र अप्राकृतिक मैथुन गरेको भन्दै पीडितले पतिविरूद्ध असोज १५ गते उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज…

October 1, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–६ का २२ वर्षीय विष्णु कुँवरलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले असोज ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको डिएसपी डिलबहादुर मल्लले…

October 1, 2018  
प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्तको आरोप

लुम्बिनी सांस्कृतिक नपा–४ मौवारीकी २३ वर्षीया तारा वरईलाई मटितेल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी दिएपनि विभिन्न बहाना देखाई उजुरी दर्ता नगरेको मृतकका आफन्तले आरोप लगाएका छन् । असोज ९ गते राति कुटपिट गरी घाइते बनाएर मटितेल छर्केर आगो लगाई मारेको मृतकका मामा बाबुराम बरईले इन्सेककर्मीलाई…

September 30, 2018  
दाइजो नल्याएको आरोपमा परिवारका सदस्यद्वारा चरम यातना, आरोपितहरू गिरफ्तार

लुम्बिनी सांस्कृति नगरपालिका–७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो नल्याएको भन्दै चरम यातना दिएको आरोपमा प्रहरीले पीडितका २४ वर्षीय पति गोविन्द तेली, ६५ वर्षीय ससुरा मेघा तेलीलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित महिलाकी ५५ वर्षीया सासू बडौली तेली फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पङ्क्टर शंकर पोखरेलले…

September 29, 2018  
क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी

कर्मचारी छनौटको विषयलाई लिएर नेविसङ्घका कार्यकर्ताहरूले असोज १० गते बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी गरेका छन् । क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार ज्ञापनपत्र बुझाउन आउँदैछौ भनी फोन गरेका नेविसङ्घ कार्यकर्ताले कार्यकक्षमा पसेर ज्ञापनपत्र पढेर सुनाई एक्कासी  तपाई बाहिर जानुस भन्दै कुर्सी, कम्प्यूटर,…

September 27, 2018  
मानव बेचबिखनका आरोपित गिरफ्तार

२० वर्षीया, २३ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर असोज ८ गते भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको अवस्थामा गोरखपुरको नेपाल भारतमैत्री समाजले उद्धार गरी माइती नेपालको सहकार्यमा प्रहरीले असोज ९ गते राति उद्धार गरी नेपाल फर्काइएको छ । अरोपितहरू पोखराकी २९ वर्षीया लक्ष्मी…

September 27, 2018  
राज्य बलियो नभई संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको संरक्षण हुन सक्दैनः मुख्यमन्त्री पोखरेल

प्रदेश पाँचले अस्थायी राजधानी बुटवलमा भव्यताका साथ संविधान दिवस मनाएको छ । कार्यक्रममा विभिन्न समुदायको कला, संस्कृति झल्किने झाँकीहरूले बुटवल सजिएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य गरी जनताका छोराछोरीहरूले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको…

September 20, 2018  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले काँकडभित्ता नाकाबाट असोज ३ गते उद्दार गरेको छ भने एक जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरप्mतार हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ नक्सालवादी थाना स्थायी घर भई सुनसरीको इटहरी नगरपालिका–७ माइतीघर बस्ने ३० वर्षीया…

September 20, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ का २४ वर्षीय  राजु खडकालाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३१ बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको…

September 19, 2018