यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया  युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला चन्द्रकोट गाँउपालिका–९ घरभई बुटवल उमनपा–११ बस्ने ३६ वर्षीय मनु बगालेलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार…

November 28, 2018  
मानव बेचबिखन तथा शरीर बन्धकका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई प्रलोभन देखाएर बेचबिखनको उद्धेश्यले शरीर बन्धक बनाई राखेको भन्दै पीडितले मङ्सिर ११ गते सम्मरीमाई गाउँपालिका–३ का ३५ वर्षीय जमालुद्दिन मुसलमानविरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले मङ्सिर ८ गते देखि राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बेचबिखनका लागि बन्धक बनाएर राखेको पीडित पक्षको…

November 28, 2018  
कथित बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का  ६५ वर्षीय खेतु मल्लाह र सोही ठाउँका ४५ वर्षीय प्रकाश मल्लाहलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले 'बोक्सी' लगाएर परिवारमा कहिल्यै राम्रो नहुने भो भन्दै अमानवीय व्यवहार गरेको भनी पीडित महिलाले मङ्सिर…

November 20, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, रूपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रम बुटवलमा सम्पन्न गरिएको छ । इन्सेकले गत पुस १७ गतेदेखि यहि मङ्सिर १ गतेसम्म ११ महिनाको अवधिमा जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका सङ्कलित घटनाहरूका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो ।…

November 18, 2018  
स्व.पद्मरत्न तुलाधरको स्मृतिमा बुटवलमा श्रद्धाञ्जली

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे स्व. तुलाधरको स्मृतिमा बुटवलमा एक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो । वरिष्ठ मानव अधिकारकर्मी, पत्रकार, सहजकर्ता तथा राजनीतिककर्मीको रूपमा समाज रूपान्तरणको खम्बाका रूपमा परिचित तुलाधरको सम्झनामा प्रदेश नं ५ को राजधानी बुटवलमा कार्यक्रम गरिएको हो । राष्ट्रिय…

November 18, 2018  
कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा वडा सचिवसहित तीन जना गिरफ्तार

५२ वर्षीया दुई जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका-४ घरभई सोही नपा-५ वडा सचिव ५४ वर्षीय टीकाराम आचार्य, उनकी पत्नी ४८ वर्षीया कमला आचार्य र छोरी २३ वर्षीया प्रतिज्ञा आचार्यलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । आरोपितहरूले कात्तिक २५ गते कथित बोक्सी आरोप लगाउदै…

November 13, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का २० वर्षीय हंशराज चौधरीलाई कात्तिक १० गते सियारी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

October 28, 2018  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–६ का २६ वर्षीय शर्मा हरिजन र सोही ठाउँकै १९ वर्षीय पञ्चम हरिजनलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज २६ गते बलात्कार गरेको भनी पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय मर्चवारमा असोज २७ गते उजुरी दिएका थिए…

October 27, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–५ का २० वर्षीय जलालउद्दिन मुसलमानलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ १४ गते बलात्कार गरेको भन्दै  पीडित बालिकाले असोज १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर…

October 3, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का २१ वर्षीय पर्शुराम मौर्य र सोही ठाँउका २५ वर्षीय रिक्की मौर्यविरूद्ध इलाका प्रहरी कार्यालयमा असोज १६ गते उजुरी दर्ता गरिएको छ । पीडित युवतीलाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ६ गते बलात्कार गरेको भन्दै पीडितले असोज १६ गते प्रहरीमा उजुरी…

October 3, 2018