प्रहरीद्वारा ई–रिक्सा चालकमाथि कुटपिट
बुटवल उपमनपा–११ तल्लो देवीनगरका ई– रिक्सा चालक ४४ वर्षीय भुवनसिंह सिंजालीलाई माघ २५ गते प्रहरीले कुटपिट गरेको छ । ब्लुबुकको विषयमा विवाद हुँदा सिंजालीलाई बुटवल उपमहानपा– ९ कालिकानगरबाट गिरफ्तार गरेर प्रहरी विटमा ल्याएर प्रहरी जवानद्धय हिमबहादुर बुढा, पुष्कर शाह र प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी जवान बिपी चन्द्र…
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोल्पा जिल्ला माडी गाउँपालिका– ३ का ३७ वर्षीय श्यामबहादुर घर्तीलाई प्रहरीले माघ २३ गते पुनः गिरफ्तार गरेको छ । पीडितको तर्फबाट अधिवक्ता मीना महतले माघ १६ गते दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनवाई गर्दै न्यायाधीशद्वय केशवराज जोशी र नवराज थपलियाको इजलासले…
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सल्यान जिल्ला कुमाख गाउँपालिका–३ का ३९ वर्षीय बालकृष्ण शर्मा र दाङ जिल्ला तुलसीपुर उपमनपा–८ कटकुइयाका ३९ वर्षीय प्रदिपबहादुर वलीलाई प्रहरीले माघ २१ गते पुनः गिरफ्तार गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले माघ २१ गते रिहा गर्ने आदेश दिए…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपित विरूद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पीडितले लुम्बिनी साँस्कृतिक नपा–११ का ४५ वर्षीय राजमोन लोध, ३५ वर्षीय मुन्ना मुसलमान र पीडितका ४० वर्षीय दाजु विरूद्ध जिल्ला प्रहरी कार्यालयमा माघ २० गते उजुरी दर्ता गरेको छ । पीडितालाई ०७६ जेठ २७ गते आरोपितहरूले जिल्ला अदालत रूपन्देहीबाट तारेक लिएर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ४ का ३८ वर्षीय दिनेश कुमार बाँनियालाई माघ २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले डर त्रास देखाएर पटक पटक बलात्कार गरेको र अन्तिम पटक माघ १० गते बलात्कार गरेको भन्दै पीडितले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…
प्रविधि अभावमा खाद्य गुणस्तर मापनमा समस्या
खाद्य गुणस्तर मापन गर्ने प्रविधि नहुँदा गुणस्तर मापनमा समस्या भएको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बुटवलमा आयोजित खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बुटवल उपमनपा–४ का अध्यक्ष टङ्कप्रसाद पराजुलीले उक्त कुरा बताउनु भएको हो । पराजुलीले खाद्य अधिकारको सुनिश्चितताका लागि स्थानीय सरकारले कार्यविधि बनाएर…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया, १८ वर्षीया र १९ वर्षीया तीन जनालाई लुम्बिनी घुमाउने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ग्याङफेदी गाउँपालिका–८ का ४० वर्षीय मुइलामा तामाङलाई माघ १२ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ । पीडितहरुलाई आरोपितले माघ ७ गते लुम्बिनी घुमाउने प्रलोभन देखाएर नुवाकोटबाट ल्याएको र भारतको मुम्बईमा लैजान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ सरौलीका १९ वर्षीय सुमन सुनारलाई माघ १२ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ११ गते बलात्कार गरेका भन्दै पीडित पक्षले माघ १२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ५ का १५ वर्षीय बालकलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार गरेका भन्दै पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित परिवारले दिएको उजुरीका आधारमा कारवाही अगाडि…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी दर्ता
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कोटहीमाई गाउँपालिका–२ का ४२ वर्षीय रामअवध यादव विरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २३ गते उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । आरोपितले पुस १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २३ गते दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको प्रहरीले जनायो । आरोपित…